Madhes Khabar
खेलकुद

सुदूरपश्चिमको अपराजित यात्रामा लाग्यो ʻब्रेकʼ, विराटनगर क्वालिफायरमा

काठमाडौं,२०मंसिरः नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा ʻब्रेकʼलगाएको छ।

लिग चरण अन्तर्गत शनिबार भएको २६ औँ खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै विराटनगरले सुदूरपश्चिमको ६ खेलको अपराजित  यात्रामा ʻब्रेकʼलगाएको हो।

सुदूरपश्चिमले दिएको १४८ रनको लष्य विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाएर १५० रन बनाउदै पूरा गरेको हो ।यो जितपछि ७ खेलमा ५ जितबाट १० अंक जोडेको विराटनगर अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ र अब पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगै खेल्ने पक्का भएको हो ।

७ खेलबा६ ५ जित र २ हारको नतिजाबाट विराटनगर र काठमान्डुले समान १० अंक जोडेपनि नेटरनरेटमा विराटनगरले काठमान्डुलाई पछि पार्दै लिगमा दोस्रो भएको हो ।यसअघि नै शीर्ष स्थानमा रहने पक्का भइसकेको सुदूरपश्चिमले आजको खेलमा स्कट कुगेलेइन क्रिस लिन जस्ता खेलाडीहरुलाई आराम दिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले १४७ रन बनाएको थियो । विराटनगरले उक्त लक्ष्य १३।५ ओभर अगाडि नै पूरा गरेमा काठमाडौंलाई पछि पार्दै दोस्रो हुने थियो ।

त्यही अनुसा फाफ डु प्लेसी र साम हिजलेटले आक्रमक ब्याटिङ गरेपछि १४८ रनको लक्ष्य विराटनगरले १३। ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।

विराटनगरका लागि साम हिजलेटले सर्वाधिक ५१ रन बनाए भने डु प्लेसीले ५० रन बनाए ।१४८ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरका लागि फाफ डु प्लेसी र साम हिजलेटले ओपनिङ गर्दै आक्रमक सुरुवात दिलाएका थिए । यो जोडीले पावरप्लेमा अहिलेसम्मकै कीर्तिमानी ८७ रनको साझेदारी गर्‍यो । यस्तै डु प्लेसीले १९ बलमै अर्धशतक बनाउँदै एनपीएलमा संयुक्त रुपमा दोस्रो छिटो अर्धशतक पूरा गरे । अर्धशतक प्रहार गरेलगत्तै अर्को बलमा उनी आउट भए । २० बल खेलेका डु प्लेसीले ५ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै हिजलेट पनि अर्धशतक बनाएलगत्तै आउट भए । हिजलेटले २७ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा ५१ रन जोडे ।यस्तै वान डाउनमा ब्याटिङ गरेका मार्टिन गप्टिलले पनि आक्रमक ब्याटिङ गर्दै ९ बलमा २२ रन योगदान गरे । यसक्रममा उनले ३ छक्का प्रहार गरे ।प्रतिश जिसीले ३ बलमा २ छक्का मदतमा अविजित १३ रन बनाए ।

बलिङमा सुदूरपश्चिमका लागि अविनश बोहराले २ तथा हर्मित सिंहले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि आरिफ शेखले ३२ बलमा १ चौका ३ छकक् मदतमा अविजित रहँदै ४५ रन बनाए । यस्तै इशान पाण्डेले ३५ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३८ रन जोड । तेस्रो विकेटका लागि इशान पाण्डे र आरिफ शेखले ७२ रनको साझेदारी गरेका थिए ।

यस्तै ओपनर जोश ब्राउनले २५ बलमा २४ रन, कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा २ छक्का प्रहार गर्दै १९ रन बनाए । विनोद भण्डारीले १३ बलमा १५ रन जोडे ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । अन्तिम ओभर मात्र बलिङ गरेका प्रतिश जिसीले ४ रन खर्चेर २ तथा बसिर अहमदले १ विकेट लिए ।

Related posts

वीरगन्जमा ‘नेशनल इन्फोटेक कप’ टि-२० क्रिकेट पुष २७ गतेदेखि

MadhesKhabar

साफ यू–१९ फुटबल : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

MadhesKhabar

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि

MadhesKhabar

Leave a Comment