Madhes Khabar
खेलकुद

वीरगन्जमा ‘नेशनल इन्फोटेक कप’ टि-२० क्रिकेट पुष २७ गतेदेखि

वीरगन्ज,१९पुष: वीरगन्जमा नेशनल इन्फोटेक कलेजले विगत दुई वर्षदेखि गराउँदै आएको ‘नेशनल इन्फोटेक कप’ ले यस वर्ष पनि निरन्तरता पाउने भएको छ ।

नेशनल इन्फोटेक कलेजले ‘नेशनल इन्फोटेक कप – २०८०’ को नामले प्रतियोगिताको तेस्रो संस्करण घोषणा गरेको हो ।

वीरगन्जको नारायणी रंगशालाकाे क्रिकेट मैदानमा यही पुष २७ गतेदेखि आयोजना हुने टी-२० क्रिकेट प्रतियोगितामा पर्सा,बारा र मकवानपुरका गरी १० वटा कलेजले सहभागीता जनाउने नेशनल इन्फोटेक कलेजका सञ्चालक एंव प्रबन्ध निर्देशक मनिष सिंहले जानकारी दिए ।उनका अनुसार, उक्त प्रतियोगिता १५ दिनसम्म चल्नेछ।

वीरगन्जमा क्रिकेट खेल सम्बन्धी जागरूकता बढाउनुका साथै विभिन्न ठाउँमा छरिएर बसेका खेलाडीहरूलाई एक ठाउँमा ल्याउनु प्रतियोगिताको प्रमुख उद्देश्य रहेको पर्सा क्रिकेट सङ्घका अध्यक्ष समेत रहेका सिंहले बताए ।

Related posts

विश्वकप फुटबल : मेसीको गोलमा अर्जेन्टिना विजयी

MadhesKhabar

एसियाली खेलकुदको क्रिकेटमा नेपाल क्वाटरफाइनलमा : माल्दिभ्स १३८ रनले पराजित

MadhesKhabar

वीरगन्ज सुपर लिग सिजन-२ फागुन २० देखि

MadhesKhabar

Leave a Comment