वीरगन्ज,२९माघ:पर्साका क्रिकेट खेलाडीहरुकाे क्षमता विकासका लागि वीरगन्ज सुपर लिग क्रिकेट प्रतियाेगिता आयाेजना हुने भएकाे छ।वीरगन्ज युथ स्पाेर्टस् एकेडेमीले आगामी फागुन २० गतेदेखि वीरगन्ज सुपर लिग सिजन-२ आयाेजना गर्न लागेकाे हाे ।
नारायणी रंगशालाकाे क्रिकेट मैदानमा फागुन २६ गतेसम्म चल्ने लिगमा पर्सा जिल्लाका मात्र टिमलाई सहभागी गराइने एकेडेमीका हासिम अन्सारीले जानकारी दिए।लिगमा ४ देखि ६ वटा टिमले भाग लिने अनुमान रहेकाे भन्दै उनले त्यसकाे टुङ्गो फागुन ४ गते लाग्ने बताए ।
पर्सा जिल्लामा छरिएर रहेका क्रीकेट खेलाडीहरुको शारीरिक ,मानसिक र खेलको स्तर उकास्ने उदेश्यले लिग आयोजना गर्न लागिएको उनले बताए ।
अन्सारीका अनुसार,लिगकाे विजेता र उपविजेता टिमलाई ट्रफी प्रदान गरिनेछ ।प्रत्येक खेलकाे म्यान अफ दी म्याच घाेषित हुने खेलाडीलाई नगद १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। यस्तै प्रतियाेगिताका सर्वाेत्कृष्ट खेलाडी नगद ५ हजार तथा सर्वाेत्कृष्ट व्याट्सम्यान र सर्वाेत्कृष्ट बलरलाई जनही ३ हजार १ सय रुपैयाँ प्रदान गरिने अन्सारीले जानकारी दिए।

