Madhes Khabar
खेलकुद

पहिलाे पटक विश्वकप खेलिरहेकाे केप भर्डेसगँ विश्वविजेता स्पेन निराश

काठमाडौं,१असार:फिफा विश्वकप फुटबल –२०२६ मा नवप्रवेशी केप भर्डेसँग पूर्व विश्वविजेता स्पेन बराबरीमा रोकिएको छ ।

अमेरिकाको एटलान्टास्थित एट्लान्टा रंगशालामा भएको खेलमा गोलकिपर भोजिन्हाको उत्कृष्ट प्रदर्शनमा केप भर्डेले स्पेनलाई गोलरहित बराबरीमा रोकेको हो ।

सन् २०१० को विश्वविजेता स्पेनले पहिलोपटक विश्वकप खेलिरहेको केप भर्डेमाथि खेलभर नै दबाब सिर्जना गरेपनि गोल गर्न सकेन । स्पेनले ७४ प्रतिशत खेल पोजिशन बनाएको थियो । ८ वटा सर्ट अन टार्गेट प्रहार गरेको थियो । जसलाई केप भर्डेका गोलकिपर भोजिन्हाले विफल बनाए ।

जसका कारण फिफा वरियताको तेस्रो स्थानमा रहेको स्पेन ६४औं स्थानमा रहेको केप भर्डेसँग बराबरीमा रोकिन पुग्यो ।

Related posts

भारतलाई हराउँदै नेपाल फाइनलमा

MadhesKhabar

लखनउसंग चेन्नईकाे फराकिलो हार

MadhesKhabar

“खेली मधेस, जिती मधेस” भन्ने नाराका साथ पर्सा जिल्ला खेलकुद विकास समितिको प्रथम वार्षिक उत्सव

MadhesKhabar

Leave a Comment