वीरगन्ज,२७ कात्तिक : “खेली मधेस, जिती मधेस” भन्ने नाराका साथ पर्सा जिल्ला खेलकुद विकास समितिले आफ्नो प्रथम वार्षिक उत्सव मनाएको छ ।
प्रथम वार्षिक उत्सवमा पर्सा जिल्ला खेलकुद विकास समितिले वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वास्थित कभर्ड हल परिसरभित्र र प्रांगणमा सरसफाई गरेको छ । साथै कभर्ड हलभित्र रंगरोगन गरी दीप प्रज्वलनपनि गरिएको थियो ।
दीपक साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी वडा नम्बर ४ का वडाध्यक्ष जगत साह कानुले खेलकुदको माध्यमबाट युवाहरूमा एकता, स्वास्थ्य र अनुशासनको भावना विकास हुने बताए। उनले मधेसमा खेलकुदको स्तर उकास्न सबै पक्षको साझा प्रयास र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै खेलकुदले युवालाई सकारात्मक सोच र नेतृत्व क्षमतामा उचो बनाउँने बताए ।
कार्यक्रममा खेलकुद विकास समितिका कार्यालय प्रमुख नाजिर हुसैन अन्सारी, पर्सा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष नरेश कायस्थ, जुडोका वरिष्ठ प्रशिक्षक पृथ्वी आलोक, सितोरियो कराँते संघका प्रशिक्षक दिलीप कुमार पटेल, तेक्वान्दोका वरिष्ठ खेलाडी विक्रम डंगोल, लगायतकाकोपनि सहभागिता थियो ।

