वीरगन्ज,२९भदाैं:एसिया कप क्रिकेटमा भारतले लगातार दोस्रो जित निकालेको छ । दुबईमा आइतबार राति भएको खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै भारतले ४ अंक बनाएको हो ।
पाकिस्तानको यो पहिलो हार हो । पहिलो खेलमा उसले ओमनलाई हराएको थियो । भारतले आफ्नो पहिलो खेलमा यूएईलाई पराजित गरेको थियो । भारतले लिग चरणको आफ्नो अन्तिम खेलमा ओमानसँग र पाकिस्तानले यूएईसँग खेल्नेछन् ।
आइत भएको खेलमा पाकिस्तानले दिएको १२८ रनको लक्ष्य भारतले १५.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
भारतको जितमा कप्तान सूर्यकुमार यादवले नटआउट ४७ रनको योगदान गरे । अभिषेक शर्माले १३ बलमा ३१ रन बनाउँदा तिलक बर्माले पनि समान ३१ रन जोडे ।
बलिङतर्फ पाकिस्तानका लागि ३ वटै विकेट सइम अयुबले लिए ।
यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२७ रनको योगफल तयार पारेको थियो । पाकिस्तानका लागि सहिबजादा फरहानले सर्वाधिक ४० रन बनाए । सहिन अफ्रिदी ३३ रनमा नटआउट रहे ।
भारतका लागि कुलदीप यादवले ३, जसप्रित बुमराह र अक्षर पटेलले २ तथा हार्दिक पाण्डेय र भरुण चक्रवर्तीले समान एक विकेट लिए ।

