Madhes Khabar
खेलकुद

पाकिस्तानमाथि भारतकाे सानदार जित

वीरगन्ज,२९भदाैं:एसिया कप क्रिकेटमा भारतले लगातार दोस्रो जित निकालेको छ । दुबईमा आइतबार राति भएको खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै भारतले ४ अंक बनाएको हो ।

पाकिस्तानको यो पहिलो हार हो । पहिलो खेलमा उसले ओमनलाई हराएको थियो । भारतले आफ्नो पहिलो खेलमा यूएईलाई पराजित गरेको थियो । भारतले लिग चरणको आफ्नो अन्तिम खेलमा ओमानसँग र पाकिस्तानले यूएईसँग खेल्नेछन् ।

आइत भएको खेलमा पाकिस्तानले दिएको १२८ रनको लक्ष्य भारतले १५.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

भारतको जितमा कप्तान सूर्यकुमार यादवले नटआउट ४७ रनको योगदान गरे । अभिषेक शर्माले १३ बलमा ३१ रन बनाउँदा तिलक बर्माले पनि समान ३१ रन जोडे ।

बलिङतर्फ पाकिस्तानका लागि ३ वटै विकेट सइम अयुबले लिए ।

यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२७ रनको योगफल तयार पारेको थियो । पाकिस्तानका लागि सहिबजादा फरहानले सर्वाधिक ४० रन बनाए । सहिन अफ्रिदी ३३ रनमा नटआउट रहे ।

भारतका लागि कुलदीप यादवले ३, जसप्रित बुमराह र अक्षर पटेलले २ तथा हार्दिक पाण्डेय र भरुण चक्रवर्तीले समान एक विकेट लिए ।

Related posts

वीरगन्ज महानगरलाई हराउँदै डाक्टरकाे टिमले जित्याे टि-१० क्रिकेट लिगको उपाधि

MadhesKhabar

आईपीएल आजदेखि, उद्घाटनमा चेन्नई र गुजरातबिच प्रतिस्पर्धा

MadhesKhabar

आयाेजक जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment