Madhes Khabar
खेलकुद

आईपीएल आजदेखि, उद्घाटनमा चेन्नई र गुजरातबिच प्रतिस्पर्धा

वीरगन्ज ,१७चैत: भारतको चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं संस्करण आज शुक्रबारदेखि सुरू हुँदैछ।

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने उद्घाटन खेलमा गुजरात टाइटन्स र चेन्नई सुपरकिंग्स भिड्ने भएका छन्।

अलराउन्डर हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात र महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई शुक्रबार बेलुकी पौने ८ बजे आमनेसामने हुँदैछन्।

पहिलो खेलमै चर्चित क्रिकेटर आमनेसामने हुने हुँदा आईपीएलको उद्घाटन खेल रोचक बन्ने देखिएको छ।

अघिल्लो सिजनबाट डेब्यु गरेको गुजरातले डेब्यूमै उपाधि उचालेको थियो।

गुजरातको टोलीमा अभिनव मनोहर, डेभिड मिलर, केन विलियमसन, शुभम गिल, ओडेन स्मिथ, विजय शंकर, राशिद खान लगायतका खेलाडी छन्।

१६ औं संस्करणसम्म आइपुग्दा चेन्नईले ४ पटक आइपिएलको उपाधि जितेको छ। चेन्नाई २००८, २०१०, २०१८ र २०२१ मा आईपीएलको च्याम्पियन बनेको थियो।

धोनीको कप्तानीमा रहेको चेन्नईमा अजिन्क्य रहाने, अम्बती रयुदु, शैक रशिद, सुभ्रन्शु सेनापती, अजय मण्डल, बेन स्टोक्स, कानुमुरी भगत वर्मा, डवाइन प्रिटोरियस, मिचेल सान्तनर, रविन्द्र जडेजालगायतका खेलाडी छन्।

यी दुई टोली आमनेसामने हुनुअगाडि नरेन्द्र मोदी स्टेडियममा उद्घाटन समारोहका औपचारिक कार्यक्रमहरु हुनेछन्।

Related posts

परवानीपुर गाेल्डकप फुटबलमा राेमन फुटबल क्लब सर्लाहीकाे विजयी सुरुवात

MadhesKhabar

गाउँपालिकास्तरीय टी– २० क्रिकेट प्रतियोगितामा सखुवा प्रसौनीको विजयी सुरुवात

MadhesKhabar

मधेस प्रदेशको राजधानीमा जनकपुर बोल्ट्सका खेलाडीहरुलाई भव्य स्वागत

MadhesKhabar

Leave a Comment