Madhes Khabar
खेलकुद

नेपाली मुक्केबाज अञ्जली तेली विश्व महिला बक्सिङ च्याम्पियनसिपको क्वाटरफाइनलमा

काठमाडौं,६चैत : नेपाली मुक्केबाज अञ्जली तेली भारतको नयाँ दिल्लीमा भइरहेको आईबीए विश्व महिला बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।

महिला ५२ केजी तौल समूहमा सोमबार भएको प्रिक्वाटरफाइनल खेलमा अन्जलीले हाइटीका मारी स्टर्लिङ क्याथरिनलाई पराजित गरिन् ।

मारी विश्वकै शीर्ष वरीयतामा रहेकी खेलाडी हुन् । उनी विरुद्ध अन्जलीले उत्कृष्ट प्रदर्शन गरेकी हुन् ।

अन्जलीले यसअघि पहिलो चरणमा डोमिनिक रिपब्लिकन खेलाडीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएकी थिइन् । अब अन्जलीले एक खेल जितेमा कम्तीमा कास्य पदक पक्का गर्ने छिन् ।

विश्व च्याम्पियनसिपमा नेपालका ७ खेलाडीले सहभागिता जनाएकोमा बाँकी ६ खेलाडी पहिलो चरणमै पराजित हुँदै बाहिरिसकेका छन् ।साभार:अनलाइनखबर

Related posts

आइपिएल – बैङ्गलोरले चेन्नईलाइ हरायो

MadhesKhabar

एनआई कप क्रिकेट : हेटाैंडा स्कुलसंग वीरगन्ज कलेज पराजित

MadhesKhabar

भुटानमाथि नेपालको रवाफिलो जित

MadhesKhabar

Leave a Comment