Madhes Khabar
खेलकुद

एनआई कप टी–२० क्रिकेट : आयोजक नेशनल ईन्फोटेक र हेटौंडा स्कूल विजयी

वीरगन्ज,१माघः वीरगन्जमा जारी नेशनल इन्फोटेक (एनआई) कप टी–२० क्रिकेटमा सोमबार भएका खेलमा आयोजक नेशनल ईन्फोटेक कलेज र हेटौंडा स्कूल विजयी भएका छन्।

नारायणी रंगशालाको क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा ईन्फोटेक कलेजले सेन्ट जेभियर्सलाई ९१ रनले पराजित गरेको हो । १२७ रनको लक्ष्य पछ्याएको सेन्ट जेभियर्सले अलआउट हुदै ३७ रनमात्र बनाएपछि खेल आयोजक नेशनल ईन्फोटेक कलेजले जितेको हो ।

सेन्ट जेभियर्सका लागि राजु महतोले १२ र विकास पटेलले ४ रन बनाए । बलिङतर्फ आयोजकका वासिम अली मन्सुरीले ४ र सलमान मन्सुरीले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले व्याटिंग गरेको आयोजक नेशनल ईन्फोटेक कलेजले ३ विकेटको क्षतिमा १२६ रनको योगफल तयार पारेको थियो । उसका लागि सफवान अलीले सर्वाधिक ५० रन बनाए । बलिङतर्फ सेन्ट जेभियर्सका सागीर मियाँ र राजु महतोले समान एक एक विकेट लिए ।

सोमबारनै भएको दोस्रो खेलमा हेटौंडा स्कूलले वीरगन्जको नेशनल एकेडेमीलाई २ विकेटले पराजित गरेको छ । ११० रनको लक्ष्य हेटौंडा स्कुलले १९ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो । हेटौंडा स्कुलका लागि राजा अहमदले ४५ र रामचन्द्र धामीले १५ रनको योगदान दिए । बलिङतर्फ नेशनल एकेडेमीका शेख समीर र वीरेन्द्र साहले समान दुई दुई विकेट लिए ।

त्यसअघि पहिले व्याटिङ गरेको नेशनल एकेडेमीले पुरा २० ओभर खेल्दै ७ विकेट गुमाएर १०९ रन बनाएको थियो । उसका लागि नितेश सर्राफले ३३ र शेख समीरले २२ रन बनाए । बलिङतर्फ हेटौंडा स्कुलका सन्तोष दासले ३ र पन्नालाल उपाध्यायले २ विकेट लिए ।

शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा पर्सा, बारा र रौतहटका गरी १० वटा कलेजका टिमले भाग लिएको आयोजक नेशनल इन्फोटेक कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले जानकारी दिए।

 

 

 

Related posts

वीरगन्जका पहिलाे मेयर मानन्धरको स्मृतिमा फुटबल प्रतियोगीता : नृसिंह माविकाे विजयी सुरुवात

MadhesKhabar

आयरल्याण्ड ए विरुद्ध आरिफ सेखले हाने अर्धशतक

MadhesKhabar

भारत ४६ रनमै अलआउट

MadhesKhabar

Leave a Comment