Madhes Khabar
खेलकुद

आसिफ र गुलशनको सानदार प्रदर्शनमा नेपालले ओमानलाई ८१ रनले हरायो

काठमाडौं,२२वैशाखः आईसीसी विश्वकप लिग २ अन्तर्गत मंगलबार भएको खेलमा नेपालले जित हात पारेको छ।नेपालले ओमानलाई ८१ रनले हराएको हो। नेपालले दिएको २५६ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै अलआउट भयो।

ओमानका लागि विनायक शुक्लाले ३६, हमाद मिर्जाले ३४, हस्नइन उल वाहवले २९, हस्नइन शाहले १४ तथा नदीम खानले १२ रन बनाए।

बलिङतर्फ नेपालका गुलशन झा एक्लैले पाँच विकेट लिए। यस्तै, दीपेन्द्र सिंह ऐरी, करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले एक–एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन जोडेको थियो।

आरिफ शेखले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै नेपालको लक्ष्य २५० पार गरे। उनले २४ बलमा ४३ रन जोडे।

यस्तै, ओपनर आसिफ शेखले ९४ रनको सानदार पारी खेले। अर्जुन कुमालले ४८, दिपेन्द्र सिंह ऐरीले ३३, आरिफ शेखले गुलशन झाले १७ रन बनाउँदा विनोद भण्डारी र करण केसीले खाता समेत खोल्न सकेनन्। सन्दीप लामिछाने १ रनमा रनआउट हुन पुगे।कप्तान रोहित पौडेल ९ रन जोडेर आउट हुँदा नन्दन यादवले २ रनमात्रै जोडे।

बलिङतर्फ ओमानका नदीम खानले तीन तथा शकिल अहमद र हस्नइन शाहले दुई–दुई विकेट लिए भने जितेन रमानन्दी र आर्यान बिष्टले सफलता हात पारे।यसअघिको खेलमा नेपाल ओमानसँग १०२ रनले पराजित भएको थियो।

Related posts

एनपीएलमा कर्णालीलाई हराउँदै चितवनको सुखद सुरुवात

MadhesKhabar

टी-२० विश्वकपमा पाकिस्तानलाई हराएर अमेरिकाले रच्याे इतिहास

MadhesKhabar

वीरगन्जमा राष्ट्रिय स्तरको चेस प्रतियोगीता सुरु

MadhesKhabar

Leave a Comment