Madhes Khabar
खेलकुद

आईपीएलबाट बाहिरियाे गुजरात

वीरगन्ज,१जेष्ठ:अविरल वर्षाका कारण कोलकाता नाइट राइडर्ससँगको खेल रद्द भएपछि गुजरात टाइटन्सको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ।

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत यी दुई टोलीबीचको खेल सोमबार राति टस नै नभई रद्द भएको हो।

वर्षाका कारण खेल रद्द भएपछि गुजरात र कोलकत्ताले १–१ अंक बाँडेका छन्। यससँगै गुजरात प्रतियोगिताबाट बाहिरिएको छ।

गुजरातको १३ खेलमा ११ अंक रहेको छ। सन् २०२२ को विजेता गुजरात गत सिजन भने फाइनलमा चेन्नाईसँग पराजित भएको थियो।

कोलकाता समान खेलबाट १९ अंक जोड्दै शीर्ष स्थानमा कायम छ। कोलकाताको प्लेअफ पुगिसकेकाे छ।

Related posts

कुवेतलाई हराउँदै नेपाल प्रिमियर कपको सेमिफाइनलमा

MadhesKhabar

सिमरा गाेल्डकप : वीरगन्ज आज एनआरटीसंग भिड्दै

MadhesKhabar

एनपीएल : जनकपुरकाे लगातार दाेस्राे हार

MadhesKhabar

Leave a Comment