Madhes Khabar
खेलकुद

विश्वकप फुटबल : मेसीको गोलमा अर्जेन्टिना विजयी

वीरगन्ज,११ मंसिर : कतारमा जारी विश्वकप फुटबलको पहिलो खेलमा अप्रत्याशीत हार भोगेको अर्जेन्टिनाले दोश्रो खेलमा सुखद जित पारेको छ ।शनिबार राति भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले पराजित गर्दै विश्वकपको नकआउटचरणमा पुग्ने सम्भावना पनि कायमै राखेको छ ।

लुसेस स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको हो ।अर्जेन्टिनाका लागि खेलको ६४ औं मिनेटमा एन्जल डि मारियाको पासमा कप्तान लिओनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।८७औं मिनेटमा मेसीकै वासमा एन्जो फर्नान्डेजले गोल गरेपछि अर्जेन्टिनाको जित निश्चित भएको थियो ।

समूह सी मा साउदी अरेबियासँग पहिलो खेलमा हार बेहोरेपछि जित्नैपर्ने दबाबमा रहेको अर्जेन्टिनाले मेक्सिकोविरुद्ध पहिलो हाफमा खासै मुभ बनाउन सकेन ।तर दोस्रो हाफमा मेसी चम्केपछि अर्जेन्टिना विजयी भयो ।

पहिलो जितपछि अर्जेन्टिना दुई खेलबाट ३ अंक जोडेर समूह सी को दोस्रो स्थानमा उक्लेको छ ।एक जित र बराबरीबाट ४ अंक जोडेको पोल्याण्ड शीर्ष स्थानमा छ । साउदी अरेबिया ३ अंकसहित तेस्रो र १ अंक रहेको मेक्सिको चौथो स्थानमा छ ।
अब अर्जेन्टिनाले अन्तिम खेलमा पोल्याण्डसँग खेल्नेछ र अन्तिम १६ मा पुग्न पोल्याण्डलाई पनि हराउनुपर्नेछ ।

Related posts

बंगलादेशसंग भारत पराजित

MadhesKhabar

वीरगन्जमा जारी एनआई कप क्रिकेटको फाइनलमा ग्लोबल कलेज र ज्ञानदा एकेडेमी भिड्ने

MadhesKhabar

मधेस प्रदेशकै सर्वाधिक धनराशिको वीरगन्ज गोल्डकप शनिबारदेखि

MadhesKhabar

Leave a Comment