Madhes Khabar
खेलकुद

खानेपानी मन्त्री यादवको निर्देशनमा नारायणी क्रिकेट मैदानमा डिप बोरिङ जडान

वीरगन्ज,१मंसिरःसंघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा वीरगन्जको नारायणी क्रिकेट मैदानमा अति आवश्यक डिप बोरिङ जडान गरिएको छ ।

नारायणी क्रिकेट मैदानमा पानीको व्यवस्थापन नहुँदा खेलाडीहरूलाई नियमित अभ्यास र प्रतियोगिता सञ्चालनमा समस्या हुँदै आएको थियो । साथै पानीको अभावले खेलाडीहरूलाई पीउने पानी, मैदान सिँचाइ, र अन्य व्यवस्थापनमा गम्भीर कठिनाइ झेल्न बाध्य बनाएको थियो । अब भने डिप बोरिङ जडान भएपछि भने क्रिकेट मैदानमा आवश्यक पानीको आपूर्ति सुनिश्चित गरेको छ ।

डिप बोरिङ जडान पश्चात् मन्त्री यादवले खेलकुद विकास र स्थानीय युवाको प्रोत्साहन आफ्नो प्राथमिकता भएको बताए । “नारायणी क्रिकेट मैदानमा डिप बोरिङ जडानले खेलाडीहरूको समस्या समाधान गर्न सहयोग पुगेको छ । अब खेलाडीहरूले खेलमा मात्र ध्यान केन्द्रित गर्न सक्नेछन् । भविष्यमा थप पूर्वाधार विकास गर्दै मैदानको व्यवस्थापनलाई अझै प्रभावकारी बनाइनेछ,“मन्त्री यादवले भने।

मन्त्री यादवले मैदानमा पानी वितरणका लागि थप पाइपलाइन र भण्डारण संरचना निर्माण जस्ता आवश्यक कामहरू अघि बढाइने जानकारी पनि दिए।

पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले डिप बोरिङ जडान कार्य सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै भने, “डिप बोरिङले मैदानको पानी समस्या दीर्घकालीन रूपमा समाधान गरिदिएको छ । यसले खेलाडीहरूको अभ्यासलाई सहज बनाउनुका साथै आगामी प्रतियोगिता सञ्चालनलाई सरल बनाउनेछ । यो कदम स्थानीय खेलकुद विकासका लागि महत्वपूर्ण उदाहरण बनेको छ ।“डिप बोरिङ जडानले नारायणी क्रिकेट मैदानमा हुने खेल गतिविधिहरूलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको उनले बताए।

Related posts

मनहर्वा गाेल्डकपकाे उपाधिका लागि वीरगन्ज र हेटाैंडा भिड्ने

MadhesKhabar

टी–२० विश्वकपको पहिलो खेलमा नेपाल इंग्ल्यान्डसंग ४ रनले पराजित

MadhesKhabar

जनकपुर बाेल्ट्सकाे लगातार तेस्रो हार,पाेखराकाे पहिलाे जित

MadhesKhabar

Leave a Comment