Madhes Khabar
खेलकुद

भरतपुरलाई हराउँदै वीरगन्ज सेमिफाइनलमा

बारा,१५माघ:वीरगन्ज युनाईटेड, बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका-१८ मा जारी मनहर्वा गोल्डकप फुटबलकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ।

सोमबार भएको खेलमा चितवनको भरतपुर फुटबल क्लबलाई टाइब्रेकरमा ५-४ ले हराँउदै वीरगन्ज युनाईटेडले अन्तिम चारमा स्थान पक्का गरेको हाे।

यसअघि निर्धारित ९० मिनटको खेलमा दुई दुई गाेलकाे बराबरी भएपछि अन्तिम नतिजा टाईब्रेकरबाट निकालिएको हो ।

सेमिफाईनलमा अब वीरगन्जको भेट आयोजक मौवादेवी यूवा क्लबसँग हुनेछ।यी दुई बिचकाे पहिलाे सेमिफाइनल खेल माघ १७ गते हुनेछ ।

प्रतियोगितामा मंगलबारकाे खेल बागमती यूवा क्लब सर्लाही र नवदुर्गा यूवा क्लब सिमराबिच हुनेछ ।

माघ २० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेता टिमले एक लाख रुपैंया पुरस्कार पाउने छ । प्रतियोगिताको गत शनिबार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्घाटन गरेका थिए ।

Related posts

मधेस प्रदेशको राजधानीमा जनकपुर बोल्ट्सका खेलाडीहरुलाई भव्य स्वागत

MadhesKhabar

बाराकाे बेलहियामा टि-ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु

MadhesKhabar

नेपालले जित्यो महिला टी-२० सिरिज

MadhesKhabar

Leave a Comment