वीरगन्ज ,२६जेष्ठ : बाराकाे प्रसाैनी गाँउपालिका वडा नम्बर ६ बेलहियामा शुक्रबारदेखि टि-ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
बेलहियास्थित खेलमैदानमा आयाेजित प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका सदस्य नन्देश कुमार सिंहले गरेका हुन् ।
स्थानीय चन्देश्वर कुमार गुप्ताको आयोजना तथा शुभनारायण गुप्ताको सहयोगमा आयाेजित प्रतियोगितामा ८ वटा टिमले भाग लिएका छन्। प्रतियोगिता ५ दिनसम्म चल्ने आयोजकले जनाएको छ।
प्रतियोगितको विजेता टिमलाई नगद ५ हजार १ सय रुपैया नगद र उपविजेता टिालाई नगद ३ हजार १ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
चन्देश्वर कुमार गुप्ताको अध्यक्षता एंव कांग्रेस जिल्ला सदस्य नन्देश कुमार सिंहको प्रमुख आतिथ्यतामा शुक्रबार आयाेजित उद्घाटन कार्यक्रममा कमलेश कुशवाहा ,अमेरिका साह कानु,राधा किसुन ठाकुर र अनिल सोनार लगायतको उपस्थिति रहेको थियो ।उद्घाटन कार्यक्रमको सञ्चालन राजा गुप्ताले गरेका थिए ।

