Madhes Khabar
खेलकुद

नेपालद्वारा टी–२० सिरिज ‘क्लीन स्वीप’, अमेरिका ८ विकेटले पराजित

काठमाडौं,५कार्तिक : नेपालले टी–२० आई सिरिजमा अमेरिकालाई क्लीन स्वीप गरेको छ। सोमबार अमेरिकाको डालासमा भएको टी-२० शृंखलाको तेस्रो खेलमा घरेलु टोली अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो।

 

जितका लागि १५७ रनको लक्ष्य पाएको नेपालले २ विकेटको क्षतिमा १८.४ ओभरमा लक्ष्य पूरा गरेको हो। नेपालका लागि आशिफ शेखले अर्धसतक प्रहार गरेका थिए। उनले ३९ बलमा २ छक्का र ५ चौका प्रहार गरे।

यसैगरी अनिल साहले १३ रनको योगदान गरे। कुशल मल्लले ४४ रन र कुशल भुर्तेलले ४० रनको बनाउँदै अविजित रहे। मल्लले ३० बलमा १ छक्का र ४ चौका प्रहार गरे। त्यसैगरी भुर्तेलले ३२ बलमा १ छक्का र २ चौका प्रहार गरे।lअमेरिकाका लागि जुआनोय ड्रिसडेल र जसदीप सिंहले १/१ विकेट लिएका थिए।

 

यस अगाडि टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। अमेरिकाका लागि सैतेजा मुखमलाले सर्वाधिक ६८ रन बनाए। उनलाई सोमपालको बलमा अनिल साहले क्याच गरेर पेभेलियन फर्काएका हुन्। त्यसैगरी मिलिन्द कुमार ४३ रन‍, एरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रनको योगदान गरे। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका लागि सोमपाल कामीले शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए। ललित राजवंशी र रिजन ढकालले १/१ विकेट लिन सफल भए।

नेपालले पहिलो खेलमा अमेरिकालाई १७ रन र दोस्रो खेलमा सुपर ओभरमा रोमाञ्चक जित हात पारेको थियाे।

Related posts

अन्तिम खेल जित्दै सेनेगल पनि विश्वकपको अन्तिम १६ मा

MadhesKhabar

बंगलादेशमाथि अष्ट्रेलियाकाे सहज जीत

MadhesKhabar

साउदी क्लब अल–हिलालमा जाने भए ब्राजिलियन फरवार्ड नेइमार

MadhesKhabar

Leave a Comment