Madhes Khabar
खेलकुद

आइपिएल : मुम्बईको पहिलाे जित, दिल्लीको लगातार चौथो हार

वीरगन्ज ,२९चैत: भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मा मुम्बई इन्डियन्सले पहिलाे जित हात पारेकाे छ । दिल्ली क्यापिटल्सले भने लगातार चाैथाे हार व्यवहाेरेकाे छ ।

मंगलबार राति भएकाे खेलमा दिल्लीलाई अन्तिम बलमा पराजित गर्दै मुम्बईले सिजनको पहिलो जित निकालेको हाे ।

पहिलो जितपछि मुम्बईले ३ खेलबाट २ अंक जोडेको छ । घरेलु मैदान अरुन जेट्ली स्टेडियममा ६ विकेटले पराजित भएको दिल्लीले लगातार चौथो हार व्यवहोरेको हो ।जारी सिजन दिल्ली मात्रै जितविहीन छ ।

दिल्लीले दिएको १७३ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा पूरा गरेको हो । अन्तिम ओभरमा जितका लागि पाँच रन मात्र आवश्यक रहेका बेला दिल्लीका बलर एनरिक नोर्कियाले सुरुको पाँच बलमा ३ रनमात्र दिएपछि मुम्बईलाई खेल जित्न अन्तिम बलमा २ रन चाहिएकाे थियो । जसमा टिम डेविडले दुई रन लिंदै मुम्बईलाई जित दिलाएका हुन्।

मुम्बईका लागि कप्तान रोहित शर्माले ४५ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ६५ रन बनाए । तिकल बर्माले ४१ र इशान किसनले ३१ रन जोडे ।

बलिङतर्फ दिल्लीका मुकेश कुमारले २ तथा मुस्तापिजर रहमानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २ बल बाँकी छँदा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो । दिलल्लीका लागि अक्षर पटेललले २५ बलमा ४ चौका र ५ छक्का प्रहार गरी सर्वाधिक ५४ रन बनाए । कप्तान डेविड वार्नर ४७ बलमा ५१ रन बनाए । मनिस पाण्डेले २६ रन बनाए ।

मुम्बईका जासोन बेहरनडोर्फ र पियुष चावलाले ३-३ तथा राइले मेरेडिथले २ विकेट लिए ।

Related posts

मैत्रीपुर्ण खेलमा पत्रकार महासंघ पर्सा विजयी

MadhesKhabar

श्रीलंकामाथि नेपालकाे सानदार जित

MadhesKhabar

वीरगन्ज १० मा वडास्तरीय क्रिकेट टुर्नामेन्ट सुरु

MadhesKhabar

Leave a Comment