Madhes Khabar
खेलकुद

विश्वकप फुटबल : अष्ट्रेलिया अन्तिम १६ मा प्रवेश गर्ने पहिलाे एशियाली टिम

वीरगन्ज ,१४मंसिर :कतारमा जारी विश्वकपमा अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गर्ने पहिलो एसियाली टिम बनेको छ।बुधबार राति भएकाे खेलमा अष्ट्रेलियाले समूह ‘डी’ अन्तर्गत युरोपको बलियो टोली डेनमार्कलाई समूह चरणको अन्तिम खेलमा १–० गोलले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेकाे हाे ।

यसअघि फ्रान्सले लगातार दुई खेल जितेर नकआउट चरणमा प्रवेश पाइसकेको अवस्थामा अष्ट्रेलियाका लागि डेनमार्कविरूद्धको खेल महत्वपूर्ण थियो।

तर, अनुभवी मिडफिल्डर म्याथ्यु लेसीले ६० मिनेटमा गोल गर्दै सकरुजको जितलाई सुनिश्चित बनाए। पहिलो हाफको खेल गोलरहित बराबरीमा टुंगिएको अवस्थामा लेकीले म्याग्रीको पासमा गोल गरे।

यो जितसँगै अष्ट्रेलिया १६ वर्षपछि नकआउटमा प्रवेश गरेको हो। यसअघि सन् २००६ को विश्वकपमा अष्ट्रेलिया नकआउटमा प्रवेश गरेको थियो।

Related posts

आसिफ शेखलाई नगद पुरस्कार दिने वीरगन्जका सामाजिक अभियन्ता चाैधरीकाे घाेषणा

MadhesKhabar

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

आरिफ शेखकाे सानदार प्रदर्शनमा नेपालले नेदरल्यान्डसलाई हरायाे

MadhesKhabar

Leave a Comment