Madhes Khabar
खेलकुद

श्रीलंकालाई १० विकेटले हराउँदै भारतले आठौं पटक जित्यो एसिया कपको उपाधि

फाइल फोटो

वीरगन्ज,३१भदौं : एसिया कप क्रिकेट २०२३ को उपाधि भारतले जितेको छ । आइतबार कोलम्बोमा भएको फाइनल खेलमा घरेलु टिम श्रीलंकालाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै भारतले आठौं पटक एसिया कपको उपाधि जितेको हो ।

यसअघि भारतले पछिल्लोपटक सन् २०१८ मा एसिया कप जितेको थियो। एसिया कपको फाइनलमा विकेटको आधारमा तय भएको यो सबैभन्दा ठूलो जित हो ।

आइतबार भएको फाइनल खेलमा पहिले व्याटिङ गरी श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले विना कुनै विकेट नगुमाइ ६.१ ओभरमै पुरा गरेको हो ।भारतका लागि इशान किसनले अविजित २३ रन र शुभमन गिलले अविजित २७ रन बनाउदै भारतलाई उपाधि जिताएका हुन् ।

त्यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अलआउट भएको थियो। श्रीलंकाको ब्याटिङ लाइनअप ध्वस्त पार्न भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट लिए। करिअरको उत्कृष्ट बलिङ गरेका उनले ७ ओभरमा एक मेडन राख्दा २१ रनमात्र खर्चिए।यस्तै हार्दिक पाण्ड्याले २.२ ओभरमा ३ विकेट लिए भने जसप्रति बुमराहले १ विकेट हात पारे।

श्रीलंका लगि कुशल मेन्डिसले १७ रन र डुशान हेमन्थले नटआउट १३ रन जोड्दा ९ ब्यट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भएका थिए। श्रीलंकाका पाँच ब्याट्सम्यानले त खाता नै खोल्न सकेनन्।

Related posts

जीतपुरसिमरा कप क्रिकेट:सर्लाहीको दोस्रो जित, बारा ४१ रनले पराजित

MadhesKhabar

विश्वकपकाे पहिलो म्याच खेल्नुअघि नै भारतलाई झट्का, शुभमन गिललाई डेंगु संक्रमण

MadhesKhabar

महिला टी–२० विश्वकप एसिया छनोटको सुपर ३ मा नेपाल प्रवेश

MadhesKhabar

Leave a Comment