Madhes Khabar
खेलकुद

जीतपुरसिमरा कप क्रिकेट:सर्लाहीको दोस्रो जित, बारा ४१ रनले पराजित

बारा,२२चैत सर्लाही जिल्ला क्रिकेट संघले बाराको सिमरामा आयोजित जितपुरसिमरा क्रिकेट कप प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ। उद्घाटन खेलमा पर्सालाई स्तब्ध बनाएको सर्लाहीले दोस्रो खेलमा आइतबार बारा जिल्ला क्रिकेट संघलाई ४१ रनले पराजित गरेको हो।

जितपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा १५२ रनको लक्ष्य पछ्याएको बारालाई १५.५ ओभरमा ११० रनमा रोक्दै सर्लाही विजयी भएको हो। बारालाई रोक्ने क्रममा सर्लाहीका जितेश मण्डलले तीन विकेट चट्काए। यसैगरी अभय यादव, अली हसन र राहुल महतोले दुई/दुई विकेट हात पार्दा चक्रधार यादवले एक विकेट लिए।

बाराका रविकुमार साहले २७, भुलावन सहनीले २०, महमद साहिद अलीले ११ र सिराज हवारीले १० रन बनाए। यसअघि टस जितेर ब्याटिङ गरेको सर्लाहीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५१ रन बनाएको थियो। सर्लाहीका लागि अली हसनले ३८, रोशन राउतले ३४ र रञ्जित यादवले अविजित ३३ रन बनाए।

 

बाराका मन्नु हवारी र भुलावन सहनीले दुई/दुई विकेट लिए भने रविकुमार साह, सिराज हवारी, युवराज सर्राफ र रोहन साहले समान एक/एक विकेट लिए। सर्लाहीका अली हसन प्लेयर अफ दि म्याच घोषित भए। प्रतियोगिताअन्तर्गत सोमबार बारा र पर्साबीच खेल हुनेछ। जितपुरसिमरा स्पोर्टस् क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछ।साभार:अन्नपूर्णपाेष्ट

Related posts

७ महिनापछि आज नेपाली जर्सीमा फर्कदै सन्दीप लामिछाने

MadhesKhabar

विश्वकपमा आज २ क्वाटरफाइनल : पोर्चुगल र मोरक्को तथा इंग्ल्याण्ड र फ्रान्स भिड्दै

MadhesKhabar

वीरगन्जमा जारी गढीमाई प्रिमियर लिगमा ‘सानो पाइला पर्सा टस्क्स्’ को लगातार दोस्रो जित

MadhesKhabar

Leave a Comment