काठमाडौं,८असाेज: वर्षाको कारण आईसीसी विश्वकप लिग -२ मा नेपाल र ओमानबीचको खेल रद्द भएको छ । खेल नेपाली समय अनुसार आज मंगलबार राती ८: ४५ बजे क्यानडाको किंग सिटीमा सुरु हुनुपर्ने थियो । तर क्यानडामा आज बिहानै देखि वर्षा हुँदा खेल हुन सकेन ।
निरन्तर वर्षाको कारण खेल रद्द भएको हो । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् ।
नेपाल पहिलो खेलमा क्यानडासँग १०३, दोस्रो खेलमा ओमानसँग १ विकेट र तेस्रो खेलमा क्यानडासँग ५ विकेटले पराजित भएको थियो । अव नेपाल, क्यानडा र ओमानबीच त्रिकोणात्मक टी२० सिरिज हुनेछ ।साभार:अनलाइनखबर

