Madhes Khabar
खेलकुद

आयोजक एनआई कलेजले उचाल्यो अन्तर कलेज टि–२० क्रिकेटको उपाधि

वीरगन्ज,१३माघः आयोजक नेशनल ईन्फोटेक कलेजले एनआई कप अन्तर कलेज टि–२० क्रिकेटको उपाधि जितेको छ ।वीरगन्जको नारायणी रंगशालाको क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा ग्लोबल बिजनेश कलेजलाई ६१ रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार दोश्रो पटक उपाधि उचालेको हो । यसअघि गतवर्ष भएको दोश्रो संस्करणको उपाधिपनि विजेता पनि नेशनल ईन्फोटेक कलेजले नै जितेको थियो ।

१०९ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको ग्लोबल बिजनेस कलेजले १४.१ ओभरमा अलआउट हुदैं ४७ रनमै समेटिएपछि उपाधि आयोजकको पोल्टामा पुग्यो ।ग्लोबलका लागि विवेक यादवले १० र रोहन साहले ७ रन बनाउनु बाहेक अन्य व्याटरले खासै रन जोड्न सकेनन् ।

बलिङतर्फ आयोजक नेशनलका वासिम अली मन्सुरी र अरबाज अन्सारीले समान तीन तीन विकेट लिए ।एमडी सरिफ अन्सारीले भने १ विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ् गरेको आयोजक नेशनलले १९.५ ओभरमा अलआउट हुदैं १०८ रन बनाएको थियो ।उसका लागि राहुल हकले सबैभन्दा बढी ३२ रन बनाए । सफवान अलीले २५ र वासिम अली मन्सुरीले २० रन जोडे ।

बलिङतर्फ ग्लोबलका आदर्श भण्डारी, रोहन कुमार साह, अनुज कुमार पटेल र विवेक यादवले समान दुई दुई तथा सुजल सर्राफले १ विकेट लिए ।

प्रतियोगीताभर १७ विकेट लिन सफल आयोजक नेशनलकै वासिम अली मन्सुरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्तै उत्कृष्ट ब्याटर नेशनलकै सफवान अली तथा उत्कृष्ट बलर हेटाडा स्कुलका प्रिन्जल उपाध्याय घोषित भए ।उत्कृष्ट फिल्डर ग्लोबल बिजनेश कलेजका आदर्श भण्डारी घोषित भए । उत्कृष्ट विकेट किफर हेटौडा स्कुलका साहेब यादव घोषित भए । पुष २६ देखि सुरु प्रतियोगितामा पर्सा, बारा र मकवानपुरका गरी १० वटा कलेजले भाग लिएका थिए ।

Related posts

निर्णायक खेलमा भारतलाई हराँउदै वेस्ट इन्डिजले जित्याे टि-२० सिरिज

MadhesKhabar

काम लागेन राेहितकाे शतक, मुम्बई चेन्नईसंग पराजित

MadhesKhabar

वडाध्यक्ष कानुको पहलमा खेलकुद मैदानको मर्मतसम्भार सुरु

MadhesKhabar

Leave a Comment