Madhes Khabar
खेलकुद

निर्णायक खेलमा भारतलाई हराँउदै वेस्ट इन्डिजले जित्याे टि-२० सिरिज

वीरगन्ज ,२९साउन: भारतसँगको टी-२० क्रिकेट सिरिज वेस्ट इन्डिजले जितेकाे छ ।आइतबार राति भएकाे पाँचाैँ तथा निर्णायक खेलमा भारतलाई ८ विकेटकाे फराकिलो अन्तरले हराउँदै घरेलु टोली वेस्ट इन्डिजले पाँच खेलको सिरिज ३–२ ले जितेको हाे ।

जितका लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १८ ओभरमा २ विकेटको क्षतिमा १७१ रन बनाएर भेट्टायो । वेस्टइन्डिजका ब्रेन्डन किङ्गले सर्वाधिक ८५ रनको अर्धशतकीय पारी खेले । यस्तै, निकोलस पुरनले ४७, शाई होपले २२ र कायल मेयर्सले १० रन बनाए ।

भारतका अर्शदीप सिंह र तिलक बर्माले एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले सर्वाधिक ६१ रनको अर्धशतकीय पारी खेले ।

यस्तै, तिलक बर्माले २७, हार्दिक पाण्डेले १४ तथा अक्षर पटेल र सन्जु स्यामसनले १३/१३ रन बनाए ।

वेस्ट इण्डिजका लागि रोमारियो शेफर्डले चार विकेट लिए भने अकेल हुसैन र जसोन होल्डरले दुई/दुई विकेट लिए । रोस्टन चेसले एक विकेट लिए ।

Related posts

एनआई कप क्रिकेट : अल्पाइनसंग वीरगन्ज कलेज पराजित

MadhesKhabar

यू-१९ विश्वकप क्रिकेट: नेपालले पाकिस्तानलाई दियाे १९८ रनको लक्ष्य

MadhesKhabar

आइपिएलमा पञ्जाबकाे विजयी सुरुवात

MadhesKhabar

Leave a Comment