Madhes Khabar
खेलकुद

सूर्यकुमारको अप्रत्याशित शतकमा मुम्बईकाे सानदार जित

Photo by Faheem Hussain/ Sportzpics for IPL

वीरगन्ज,२५बैशाख:सूर्यकुमार यादवको अप्रत्याशित शतकको मद्दतमा मुम्बई इण्डियन्सले सनराईजर्स हैदराबाद माथि सहज जित हात पारेको छ ।इन्डियन प्रिमियर लिग(आईपीएल) मा साेमबार राति मुम्बईमा भएकाे खेलमा मुम्बईले हैदराबादमाथि ७ विकेटको फराकिलो जित हात पारेको हो ।

हैदराबादले दिएको १७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेटायो । मुम्बईका लागि सूर्यकुमार यादवले ५१ बलमा १२ चौका र ६ छक्का सहित १०२ रनको अविजित शतकीय इनिङ खेले । अन्तिम बलमा छक्का प्रहार गर्दै उनले शतक पुरा गर्दै जित सुनिश्चित गरेका थिए ।यस्तै तिलक बर्माले ३२ बलमा ६ चौका प्रहार गर्दै ३७ रन बनाए ।

हैदराबादका लागि भुवनेश्वर कुमार, मार्को यानसन र प्याट कमिन्सले समान १-१ विकेट लिए ।

त्यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेटको क्षतिमा १७३ रन जोड्यो । हैदराबादका लागि ट्राभिस हेडले ३० बलमा ७ चौका र १ छक्का सहित ४८ रन जोडे । यस्तै कमिन्सले १७ बलमा ३५ रन बनाए । नितिश रेड्डीले २० रन बनाए ।

मुम्बईका कप्तान हार्दिक पन्ड्या र पियुस चावलाले समान ३-३ विकेट लिए भने अंशुल कम्बोज र जस्पृत बुम्राहले समान १-१ विकेट लिए ।

जित पछि मुम्बई १२ खेलमा ८ अंक सहित नवौं स्थानमा छ । पराजित हैदराबाद ११ खेलमा १२ अंक सहित चौथो स्थानमा छ ।

आईपिएलमा मंगलबार हुने खेलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्ने भएका छन् ।

Related posts

विश्वकपमा छनोट हुने नेपाली क्रिकेट टिमलाई ५० लाख नगदसहित सम्मान गर्ने क्यानको निर्णय

MadhesKhabar

नेपाल बरोडासंग ३७ रनले पराजित

MadhesKhabar

धनुषालाई हराउँदै पर्साले जित्याे कबड्डीकाे उपाधि

MadhesKhabar

Leave a Comment