Madhes Khabar
खेलकुद हेडलाइन

नारायणी रंगशाला पुनःनिर्माणका लागि बजेट व्यवस्था गरिदिन खेलकुद मन्त्रीसँग मेयर सिंहको आग्रह

वीरगन्ज, १३ साउन : लामो समयदेखि जीर्ण रहेको वीरगन्जको नारायणी रंगशाला पुनःनिर्माणका लागि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पहल थालेका छन् ।मेयर सिंहले शनिबार आफ्नै कार्यकक्षमा संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई स्वागत गर्दै रंगशाला पुनःनिर्माण गर्न अतिआवश्यक रहेकाले बजेटको व्यवस्था मिलाइदिन आग्रह गरे ।

मन्त्री लिम्बुसंग मेयर सिंहले भने ,‘यो रंगशाला पुनःनिर्माणले यस क्षेत्रका युवा तथा खेलप्रेमीका लागि उत्साह थप्नुका साथै खेलकुद गतिविधिमा पनि बृद्धि हुने निश्चित छ, त्यसैले रंगशाला पुनस्निर्माणका लागि यहाँको सहयोग चाहियो ।’

स्थानीय सरकार एक्लैले चाहेर मात्रै सम्भव नरहेकाले त्यसका लागि संघ सरकारको सहयोग आवश्यक रहेको मेयर सिंहले बताए ।
मन्त्री लिम्बुले युवा तथा खेलकुदका लागि सरकारले लगानी गरिरहेको भन्दै वीरगन्जमा रहेको नारायणी रंगशाला पुनःनिर्माणमा आफ्नो चासो रहने बताए । त्यसका लागि संघ, प्रदेश र स्थानीय तीन वटै सरकारको समन्वयमा काम गर्न आफू तयार रहेको पनि उनले बताए ।

नारायणी रंगशाला संघ सरकार मातहत रहेकाले संघ सरकार यसमा लगानी गर्न सँधै तयार रहेको भन्दै मन्त्री लिम्बुले आवश्यक योजना बनाएर मन्त्रालयमा आउन मेयर सिंहसंग आग्रह गरे ।

Related posts

फाइनल प्रवेशका लागि भारत र इंग्ल्यान्ड आज भिड्दै

MadhesKhabar

अमेरिकाबाट वीरगन्ज आएको पार्सलमा गाँजा भेटियो

MadhesKhabar

सहिद दिवस : मधेसी सहिदलाई माल्यार्पण, वीरगन्जका पुराना काँग्रेसी नेताहरु सम्मानित

MadhesKhabar

Leave a Comment