Madhes Khabar
खेलकुद

वडाध्यक्ष कानुको पहलमा खेलकुद मैदानको मर्मतसम्भार सुरु

वीरगन्ज,०४फागुन:वीरगञ्ज महानगरपालीका वडा नम्बर १० स्थित ठाकुरराम बहुमुखी क्याम्पसको स्वामित्वमा रहेको खेलकुद मैदानको मर्मतसम्भार सुरु गरिएको छ । महिला छात्रावास अगाडि रहेको खेलकुद मैदान वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानुको पहलमा मर्मतसम्भार गर्न थालिएको हो ।

विगत २ वर्षदेखी जिर्ण अवस्थामा रहेको खेलकुद मैदानमा मर्मतसम्भार नहुदाँ खेलकुदका गतिविधी सञ्चालन गर्न समस्या भइरहेको स्थानीय युवाहरुले गुनासो गरेपछि वडा कार्यालयले मर्मत सम्भार सुरु गरेको वडाध्यक्ष कानुले बताए ।

खेलकुद मैदानमा खाल्डाखुल्ड ह्ुनुका साथै समतल भुभाग नहुँदा स्थानीय युवाहरुलाई खेलकुदमा समस्या हुने गरेको गुनासो आएपछि मर्मत सम्भारको काम सुरु गर्न लगाएको उनले बताए ।पहिलो चरणमा डोजर लगाएर खाल्डाखुल्डी पुरेर समतल बनाउन थालिएको र त्यसपछि अझ यसलाई व्यवस्थित बनाउइने उनले बताए ।

वडामा रहेको यस खेलकुद मैदानको मर्मतसम्भार गरी व्यवस्थित बनाइएपछि वडामा खेलकुदका गतिविधी बढ्ने र यसले युवाहरुलाई खेलकुद प्रति अझ आकर्षित गर्ने विश्वास लिइएकोे वडाध्यक्ष कानुले बताए ।

Related posts

नेत्रहीन टी–२० विश्वकप महिला विश्वकप : नेपाललाई हराउँदै भारत बन्यो च्याम्पियन

MadhesKhabar

युनिट युवा क्लबले जित्यो पर्सा जिल्ला लिग फुटबलको उपाधि

MadhesKhabar

लगातार दोश्रो खेल जित्दै पर्सा जनकपुर मेयरकप क्रिकेटको सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment