Madhes Khabar
खेलकुद

नेत्रहीन टी–२० विश्वकप महिला विश्वकप : नेपाललाई हराउँदै भारत बन्यो च्याम्पियन

काठमाडौं,७मंसिरःश्रीलंकाको कोलम्बोमा आयोजित पहिलो महिला टी–२० विश्वकप दृष्टिविहीन क्रिकेट प्रतियोगिताकोे उपाधि भारतले जितेको छ । आइतबार भएको फाइनल खेलमा नेपाललाई ७ विकेटले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो।

पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेट गुमाउँदै ११४ रन बनाएको थियो। नेपालका लागि सरिता घिमिरेले सर्वाधिक ३५ रन (अवस्थित) र बिमला राईले २६ रन बनाइन्।

नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। भारतका लागि फुला सरीनले २७ बलमा ४४ रन र करुणा केले ४२ रन बनाइन्।

 

Related posts

सुदूरपश्चिममाथि मधेसको सानदार जित

MadhesKhabar

सर्लाही हराउँदै वीरगन्ज सेमिफाइनलमा

MadhesKhabar

एसियन कप फुटबलमा भारतमाथि अस्ट्रेलियाकाे जीत

MadhesKhabar

Leave a Comment