Madhes Khabar
खेलकुद

एसियन कप फुटबलमा भारतमाथि अस्ट्रेलियाकाे जीत

काठमाडौं,२८पुष:एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता एएफसी एसियन कपमा भारतमाथि अस्ट्रेलियाले जित निकालेको छ।

शनिबार कतारको बिन अली रंगशालामा भएको खेलमा अस्ट्रेलियाले भारतलाई २-० गोलले हरायो।

समूह ‘बी’ को यो खेलमा अस्ट्रेलियाले दुवै गोल दोस्रो हाफमा गर्‍यो।

अस्ट्रेलियाका लागि ज्याकसन इर्भिनले ५०औं मिनेटमा पहिलो गोल गरे भने जोर्डन बोसले ७३ औं मिनेटमा अग्रता दोब्बर पारे।

यसअघि शुक्रबार राति भएको उद्घाटन खेलमा आयोजक कतारले लेवनानलाई ३-० गोलले पराजित गरेको थियो।

प्रतियोगितामा एसियाका २४ देशबीच प्रतिस्पर्धा भइरहेको छ। साभार:सेताेपाटीबाट

Related posts

यूएईलाई पराजित गर्दै नेपालले जित्यो यू-१९ प्रिमियर कपको उपाधि

MadhesKhabar

अन्तर नगर कर्मचारी क्रिकेटमा वीरगन्ज महानगरको विजयी शुरुवात

MadhesKhabar

दोस्रो परवानीपुर गोल्डकप फुटबल : वीरगन्ज युनाईटेड क्लब विजयी

MadhesKhabar

Leave a Comment