Madhes Khabar
खेलकुद

दोस्रो परवानीपुर गोल्डकप फुटबल : वीरगन्ज युनाईटेड क्लब विजयी

वीरगन्ज,२८ फागुन : वीरगन्ज २१ परवानीपुरमा जारी कृष्ण फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगितामा आइतबार भएको खेलमा वीरगन्ज युनाईटेड क्लब विजयी भएको छ ।

परवानीपुर स्थित खेलमैदानमा आइतबार भएको खेलमा वीरगन्ज युनाइटेड क्लबले बाराको नव जनजागृति युवा क्लब सिमरालाई ट्राइबेकरमा ३–१ गोलले हराएको हो । निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि खेलको अन्तिम निर्णय ट्राइबेकरबाट लिइएको थियो ।

आइतबारको खेलको म्यान अफ दि म्याच वीरगन्ज युनाईटेड क्लबका गोलरक्षक दिलमणी चौधरी घोषित भए । उनलाई जसपाका नता संजय मण्डलले नगद ५ हजार र ट्रफि प्रदान गरेका थिए ।

शनिबार देखि शुरु प्रतियोगितामा मधेस प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागीता रहेको आयोजक परवानीपुर युथ क्लबले जनाएको छ ।प्रतियोगिता चैत ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख ५० हजार र दोस्रो हुने टिमलाई नगद ७५ हजार नगद शिल्ड तथा मेडल प्रदान गरिने आयोजक परवानीपुर युथ क्लबले जनाएको छ ।

 

Related posts

सिमरा गोल्डकपको उपाधिका लागि शनिबार चर्च ब्वाईज र हिमालयन शेर्पा भिड्दै

MadhesKhabar

टि–फिफ्टीन च्यारिटी क्रिकेटकाे उपाधि एम.एस. धोनी फ्यान क्लबलाई

MadhesKhabar

ठोरीमा जारी” तिजकप” फुटबलको फाइनलमा वनशक्ती युवा क्लब

MadhesKhabar

Leave a Comment