Madhes Khabar
खेलकुद

ठोरीमा जारी” तिजकप” फुटबलको फाइनलमा वनशक्ती युवा क्लब

मधेसखबर

वीरगन्ज,१४ भदौं : वनशक्ती युवा क्लब , पर्साको  ठोरी गाउँपालिका वडा नम्बर १ मा जारी तिजकप नकाउट फूटबल प्रतियोगिताको  फाइनलमा प्रवेश गरेको छ।

मङ्गलबार भएको सेमीफाइनल खेलमा  आयोजक निर्मल समाज क्लब ठोरी १ लाई ४-० गोल अन्तरले पराजित गर्दै वनशक्ती युवा क्लब ठोरी २ , फाइनलमा प्रवेश गरेको हो।

वनशक्तीका लागि  विवेक गुरुङले २ तथा  अनिल थापामगर , सागर लामिछाने र राज तमांगले १/१ गोल गरेका हुन् । उक्त खेलको म्यान अफ दी म्याच वनशक्ती युवा क्लबका  विमल लामा घोषित भए।

बुधबार दोस्रो सेमिफाइनल खेल गोल्डेन इमिनेट बसन्तपुर माडी र निर्मल समाज युवा क्लब ठोरी ४ बिच हुने अध्यक्ष जगेन्द्र पौडेलले जानकारी दिए।

पर्सा र चितवनको गरी २८ टिमको सहभागिता रहेको प्रतियोगिताको  फाइनल खेल भदौं १७ गते हुने छ।

Related posts

नेपाल र हङकङबीचको टी–२० खेल वर्षाका कारण रद्ध

MadhesKhabar

यु–१९ विश्वकप क्रिकेट : न्युजील्यान्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य

MadhesKhabar

वीरगन्जमा जारी प्रधानमन्त्री कप क्रिकेटमा कोशीमाथि सुदूरपश्चिमको फराकिलो जित

MadhesKhabar

Leave a Comment