Madhes Khabar
खेलकुद

फाइनलमा मकवानपुरसंग पर्सा पराजित

बारा,१०चैतःः प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको पर्सालाई कम स्कोरमा रोक्दै उपाधि उचाल्ने क्रममा मकवानपुरले सानदार प्रदर्शन गरेको थियो । समूह ‘ए’ विजेता बन्दै फाइनलमा प्रवेश गरेको पर्साले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९० रन जोडेको थियो ।

पर्साका लागि सुरज पटेलले ४५ र हासिम अंसारीले १० रन बनाउँदा अन्य व्याटरले दोहोरो संख्यामा रन बनाउन सकेनन् । पर्सालाई सस्तैमा रोक्ने क्रममा मकवानपुरका अशिम श्रेष्ठले तीन, पियुश शर्माले दुई, बिशाल फुयाल र रोहित ठाकुरले समान एक–एक विकेट लिए ।

पर्साले दिएको ९१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको मकवानपुरका लागि तक्षक सिम्ख्डाले ३०, बिशाल फुयालले १५ र सक्षम बस्ताकोटीले अविजित १४ रन बनाए । पर्साका लागि सम्साद मन्सुरीले तीन विकेट लिए ।

उपाधि विजेता मकवानपुरले एक लाख प्राप्त गरेको छ भने उपविजेता पर्साले ५० हजार नगद पाएको छ । यसैगरी मकवानपुरका शुभ कंसाकार प्लेयर अफ दि टुर्नामेन्ट र बेस्टर ब्याटर घोषित भएका छन् भने खुकुरी क्रिकेट क्लब भैरहवाका सन्तोष यादव बेस्ट बलर घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीलाई पूर्व युवा तथा खेलकुद मन्त्री एवम् संविधान सभाका सदस्य पुरुषोत्तम पौडेल, संविधान सभाका सदस्य जयराम दहाल, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, नेकपा एमाले मधेस प्रदेश सचिव मनोज पौडेललगायतले पुरस्कार वितरण गरेका थिए ।

समापन समारोहमा आयोजकले सिमरा महिला क्रिकेट क्लबका पूर्व प्रशिक्षक विष्णु लामिछानेसहित महिला क्रिकेटर, सिमरा क्रिकेट क्लबका पूर्व कप्तान नाजिर हुसेनलाई सम्मानित गरिएको थियो ।

प्रतियोगिता संयोजक सोमलाल बम्जनको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा जीतपुरसिमरा २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं. १४ की वडाध्यक्ष चयन गुरुङ, ५ का वडाध्यक्ष दीपेन्द्र चौधरी, १३ का वडाध्यक्ष हेमनारायण चौधरी, कार्यपालिका सदस्य अर्जुन रसाईली, जीतपुरसिमरा ३ की कार्यबाहक वडाध्यक्ष माया विक, मधेस प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुवास जयसवाल, एमाले नेता किशोर शर्मा, अमृतलाल श्रेष्ठ, रवीन्द्र खकुरेल, बरुण गौतम, आयोजक अभियान नेपालका संरक्षक त्रिलोक बिक्रम शाह, अध्यक्ष लक्ष्मी तिमिल्सिनालगायतको सहभागिता रहेको थियो ।

अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगितामा ६ टिमले सहभागिता जनाएका थिए ।

 

Related posts

सिमरा गाेल्डकप : वीरगन्जलाई हराउँदै एनआरटी सेमिफाइनलमा

MadhesKhabar

टी–२० विश्वकप छनोट: नेपाल आज कतारसंग भिड्दै

MadhesKhabar

वीरगन्ज सुपर लिग टी-२० मा वीरगन्ज ब्लास्टरकाे विजयी सुरुवात

MadhesKhabar

Leave a Comment