Madhes Khabar
खेलकुद

भारतकाे नाेयडामाथि नेपाल पुलिसकाे सहज जीत

वीरगन्ज,११ पुष: वीरगन्जमा जारी नेपाल प्रो-क्लब च्याम्पियनसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा बुधबार भएकाे दोस्रो खेलमा नेपाल पुलिस क्लबले विजयी भएको छ।पुलिसले भारतकाे वन्डर्स क्लब नोयडालाई ६ विकेटले पराजित गरेको हाे।
नारायणी रंगशालाकाे क्रिकेट मैदानमा भएको खेलमा नाेयडाले दिएकाे ८३ रनकाे लक्ष्य पुलिसले १२.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो।
पुलिसका लागि शंकर राणाले सर्वाधिक ३८ रनकाे याेगदान दिए।उनले २३ बलमा अविजित ३८ रन बनाएका हुन्। यस्तै रसिद खानले २५ बलमा ३१ रन र दिलीप नाथले १४ बलमा ८ रन बनाए।
बलिङतर्फ नोयडाका सञ्जीव चतुर्वेदीले ३ तथा हर्षित सेठी र दक्ष कुमारले एक- एक विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको नोयडाले पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा ८५ रन बनाएको थियाे।उसका लागि हर्षित सेठीले ४९ बलमा ३५ रन ,तरुण विष्टले १६ बलमा १५ रन र उजैर मल्लिकले १५ बलमा १३ रन जोडेका थिए।
बलिङतर्फ ललित राजवंशी र रसिद खानले समान दुई-दुई विकेट लिए भने शेर मल्ल र सागर ढकालले एक–एक विकेट लिए ।

Related posts

आईपीएल अक्शन : श्रेयस अय्यरलाई २६ करोड ७५ लाख भारुमा पञ्जाबले किन्यो

MadhesKhabar

वीरगन्जमा जारी प्याब्सन टी–२० क्रिकेट : जीवनज्योति, मनकामना र वीरगन्ज स्कूल विजयी

MadhesKhabar

एसिया कप खेल्न सन्दिप सोमबार पाकिस्तान जाने

MadhesKhabar

Leave a Comment