Madhes Khabar
खेलकुद

अन्तर नगर कर्मचारी क्रिकेटमा वीरगन्ज महानगरको विजयी शुरुवात

वीरगन्ज, ६ फागुन : पर्साको पोखरियामा शनिबार देखि सुरु भएको अन्तर नगर कर्मचारी क्रिकेट प्रतियोगितामा वीरगन्ज महानगरपालिकाले विजयी शुरुवात गरेको छ ।शनिबार भएको पहिलो खेलमा जगरनाथपुर गाउँपालिकालाई ५ विकेटले पराजित गर्दै वीरगन्ज महानगरले विजयी शुरुवात गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको जगरनाथपुरले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १०९ रन जोडेको थियो ।११० रनको लक्ष्य वीरगन्जले ५ विकेटको क्षतिमा भेट्टाएको हो ।वीरगन्जको जितमा रुपनारायण राउतले अविजित ४० रनको योगदान दिए ।

सक्सेस प्रिप्रेशन ईन्स्टिच्युट वीरगन्जले आयोजना गरेको प्रतियोगितामा पर्साका ८ पालिकाका कर्मचारीहरुको टिमले भाग लिएका छन् । प्रतियोगिताको फाइनल खेल फागुन ९ गते मंगलबार हुनेछ ।कामबाट थकित भएका कर्मचारीलाई रिफ्रेस बनाउन प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

 

Related posts

मेसी टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ घोषित

MadhesKhabar

नेपाललाइ स्तब्ध पार्दै बंगलादेशले जित्यो महिला साफ च्याम्पनसिपको उपाधी

MadhesKhabar

मधेसलाई हराउँदै आर्मी जय ट्रफीको फाइनलमा

MadhesKhabar

Leave a Comment