Madhes Khabar
खेलकुद हेडलाइन

मधेसलाई हराउँदै आर्मी जय ट्रफीको फाइनलमा

तस्बिर : क्यान

वीरगन्ज,२८पुसःत्रिभुवन आर्मी क्लब,जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।लिग चरण अन्तर्गतको अन्तिम खेलमा आइतबार मधेस प्रदेशलाई ८ विकेटले हराएपछि फाइनलमा आर्मीको स्थान सुरक्षित भएको हो ।

जारी प्रतियोगितामा आर्मीको यो पहिलो जितपनि हो । यसअघिका दुई खेलमा आर्मीले नेपाल पुलिस क्लब र बागमती प्रदेशसंग बराबरी खेलेको थियो ।लिग चरणको तीन खेल मध्ये दुई खेलमा बराबरी र एक खेलमा जीत हात पार्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो ।

आइतबार वीरगन्जको नारायणी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेसले दिएको २८ रनको लक्ष्य आर्मीले ६ ओभरमै मात्र दुई विकेट गुमाएर पुरा गर्यो । दोस्रो इनिङ्समा आर्मीका लागि तृतराज दासले सर्वाधिक १३ रन बनाए भने इमरान शेखले ८ तथा सन्तोष कार्की र बसिर अहमदले अविजित समान चार–चार रन बनाए ।दोस्रो इनिङ्समा बलिङ्तर्फ मधेसका प्रदीप पासवानले दुई विकेट लिए ।

त्यसअघि पहिलो इनिङ्समा ३५.५ ओभरमा अलआउट हुद १०२ रनमात्र बनाएर फलोअनमा परेको मधेसले दोेस्रो इनिङ्समा १५० रनमात्र बनाएको थियो ।मधेसले दोस्रो इनिङ्समा ६४.१ ओभरमा अलआउट हुदैं १५० रनमात्र बनाएपछि आर्मीले जितको लागि २८ रनको लक्ष्य पाएको थियो ।

आर्मीले आफ्नो पहिलो इनिङ्समा ५९.३ ओभरमा २२५ रन बनाएको थियो । शनिबार पहिलो दिनको खेल समाप्ति हुँदा आर्मीले मधेसविरुद्ध १२१ रनको अग्रता लिएको थियो ।आइतबार दोस्रो दिनको खेलमा ब्याटिङ् थालेको आर्मीले १२४ रन थपेको थियो । निर्धारित ओभरभन्दा तीन बल अघि नै अर्थात ५९.३ ओभरमा पालि समाप्तिको घोषणा गरेका आर्मीले पहिलो इनिङ्समा ९ विकेट गुमाउँदै २२५ रन बनाएको थियो।

मधेसविरुद्धको खेलमा आर्मीको जितमा कूल ९ विकेट लिन सफल साहब आलम नायक बने । पहिलो इनिङ्समा एक्लैले ६ वकेट लिएर मधेसको ब्याटिङ लाइनअप ध्वस्त पारेका आलमले दोस्रो इनिङ्समापनि ३ विकेट लिए । आलमले यसअघि नेपाल पुलिस क्लबविरुद्धको पहिलो खेलमापनि १० विकेट लिएका थिए।

वीरन्जको नारायणी क्रिकेट मैदानमा माघ १ गतेदेखि सुरु हुने फाइनलमा उपाधिका लागि आर्मीले पुलिससंग प्रतिस्पर्धा गर्नेछ । लिग चरणका खेलमा दुईमा जित र एक बराबरी खेलेको पुलिस यसअअघिनै फाइनलमा प्रवेश गरिसकेको छ ।

लिग चरणका खेलहरु दुई दिवसीय भएको प्रतियोगिताको फाइनल खेल भने तीन दिवसीय हुनेछ ।गत वर्ष भएको प्रधानमन्त्री कपमा शीर्ष चार स्थानमा रहेका आर्मी,पुलिस,मधेस र बागमतीले जय ट्रफीमा भाग लिएका हुन् ।

 

Related posts

अन्नको भण्डारमा मधेसमा असार आधा बित्दा ३.९ प्रतिशतमात्रै धान रोपाइँ

MadhesKhabar

परिक्षा केन्द्रको विवादमा ठाकुरराम क्याम्पस प्रमुख चौरसियाले दिए राजीनामा

MadhesKhabar

टी–२० विश्वकपमा आज अमेरिकासंग भिड्दै पाकिस्तान

MadhesKhabar

Leave a Comment