Madhes Khabar
शिक्षा हेडलाइन

परिक्षा केन्द्रको विवादमा ठाकुरराम क्याम्पस प्रमुख चौरसियाले दिए राजीनामा

मधेसखबर
वीरगन्ज,३ बैशाख : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डाक्टर उमेश प्रसाद चौरसियाले राजीनामा दिएका छन् ।क्याम्पसको परिक्षा केन्द्र अन्तको क्याम्पसमा सारिएको विरोधमा विधार्थीहरुले आन्दोलन गरेपछि आइतबार चौरसियाले क्याम्पस प्रमुख पदबाट राजीनामा दिएका हुन् ।

त्रिभुवन विश्वविधालयका उपकुलपति तथा त्रिवि र्काकारी परिषदका अध्यक्षलाई इमेल मार्फत राजीनामा पत्र पठाउदै क्याम्पस प्रमुख पदबाट राजीनमा दिएको चौरसियाले बताए । उक्त राजीनमाम पत्रमा चौरसियाले स्वास्थ्य प्रतिकुलताका कारण आफुले राजीनमा दिएको उल्लेख छ ।

तर अन्नपूर्णपोष्टकर्मीसंग कुरा गर्दै चौरसियाले अन्त सारिएको परिक्षा केन्द्र क्याम्पसमै फिर्ता ल्याउन आफु असमर्थ भएपछि विधार्थीहरुले आन्दोलन गरेपछि आफनो कारणले विधार्थीहरुको परिक्षामा बाधा व्यवधान नहोस् भनेर राजीनामा दिएको बताए ।
ठाकुरराम क्याम्पसको परिक्षा केन्द्र अन्तको क्याम्पसमा नसारि यहि क्याम्पसमा कायम राख्नका लागि आफुले त्रिविका रजिष्टार र कन्ट्रोलरलाई भेटेर पटक पटक आग्रह गर्दापनि सुनुवाइ नभएको उनले बताए ।

उनले भने,‘ एक परिक्षा केन्द्र तोक्ने कार्य राष्ट्रिय परिक्षा बोर्ड र त्रिविका रजिष्टारको हो , त्यसमा क्याम्पस प्रमुखको कुनै भूमीका नै हुदैन , तैपनि विधार्थीले तालाबन्दी नै गरेर आन्दोलन गरे, मेरो राजीनामा नआएसम्म परिक्षा शाखाको ताल्चा नै नखोल्ने अडान दिए , त्यसका कारण म नै किन बाधक बन्ने भनेर राजीनामा दिएको हुँ । चौरसियाले २०७७ चैत १२ देखि क्याम्पस प्रमुखको कार्यभार सम्हालेका थिए ।

मंगलबारदेखि सुरु हुने बिएड प्रथम वर्ष र बुधवारदेखि हुने बिबिएस प्रथम वर्षको परीक्षाको केन्द्र बाराको कलैया र सिमरामा परेपछि ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले आइतबार परीक्षा शाखामा तालाबन्दी गरि क्याम्पस प्रशासनका विरुद्धमा नाराबाजी पनि गरेका थिए ।

बिबिएस र बिएड प्रथम वर्षको परीक्षा केन्द्र बाराको कलैयास्थित रामराजा कलेज र सिमरा कलेजमा परेपछि त्यसको विरोधमा विद्यार्थीहरुले आन्दोलित भएका थिए ।

Related posts

वीरगन्जमा हैजाका बिरामीहरु भेटिएपछि महानगरद्वारा रातिदेखि नै स्वास्थ्यकर्मीको टोली परिचालन

MadhesKhabar

सरकारको नीति तथा कार्यक्रममा वीरगन्ज चिनी मिल र नारायणी रंगशाला नपर्दा वीरगन्जबासी निराश

MadhesKhabar

चाडपर्बलाई लक्षित गरी वीरगन्जमा बजार अनुगमन तिब्र बनाउने निर्णय

MadhesKhabar

Leave a Comment