Madhes Khabar
राजनीति हेडलाइन

पर्सा–३ का एमाले उम्मदवार पाण्डेयविरुद्धको रिट सर्वोच्च अदालतद्वारा खारेज

वीरगन्ज,१७फागुनःनेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रुपेश कुमार पाण्डेयविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार छोटेलाल यादवले  निर्वाचन आयोग कान्तिपथ काठमाडौं समेतलाई विपक्षी बनाउँदै पाण्डेयको उम्मेदवारी खारेज गर्न माग गरी रिट दायर गरेका थिए । उक्त रिटमा बैंक ऋण नतिरेको विषय उठाउँदै कर्जा सूचना केन्द्रको कालोसूचीसम्बन्धी प्रसंग उल्लेख गरिएको थियो ।

आइतबार सर्वोच्च अदालतका न्यायधिशद्वय हरि फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलाशले पाण्डेयविरुद्धको रिट निवेदन खारेज गरेको हो । यसअघि फागुन १४ गते सर्वोच्च अदालतले पाण्डेयविरुद्ध दायर उत्प्रेषण मुद्दामा कारण देखाउ आदेश जारी गरेको थियो ।
यसअघि निर्वाचन आयोगले कर्जा सूचना केन्द्रबाट प्राप्त विवरणका आधारमा पाण्डेयसँग स्पष्टीकरण मागेको थियो । उजुरी परेपछि निर्वाचन आयोगले कानुनी प्रक्रिया अघि बढाएको र त्यसै सन्दर्भमा सर्वोच्च अदालतमा मुद्दा पुगेको थियो ।

आइतबार सर्वोच्च अदालतको फैसलापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैं एमाले उम्मेदवार पाण्डेयले विपक्षीहरुले आँफुविरुद्ध जतिसुकै षडयन्त्र गरेपनि अदालतले अन्तत न्याय दिएको बताए ।उनले भने,‘विपक्षीहरुको नियत र चरित्र उदाङ्गीएको छ ।विपक्षीहरुले मविरुद्ध जतिसुकै षडयन्त्र गरेपनि अदालतले मलाई न्याय दिएको छ ।’

Related posts

राजस्व अनुसन्धान विभागले बार्गेनिङ गरेर उद्योगी व्यापारीलाई दु:ख दियो: सांसद प्रदीप यादव

MadhesKhabar

जसपाबाट टिकट नपाएपछि जन्नत अन्सारीले दिए स्वतन्त्र उम्मेदवारी

MadhesKhabar

मधेस प्रदेशमा यस वर्ष धानको उत्पादन बढ्यो

MadhesKhabar

Leave a Comment