Madhes Khabar
राजनीति

पर्सा–३ को धोरेमा घरदैलो गर्दै एमाले उम्मेदवार पाण्डेयले भने : जनअपेक्षा सधै मेरो प्राथमिकतामा

वीरगन्ज,२८माघः पर्साको क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेयले चुनावी घरदैलो अभियानलाई तिब्रता दिदैं मतदातासंगको संवादलाई जारी गरेका छन् ।

बुधबार बिहान पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ धोरेमा चुनावी घरदैलो कार्यक्रम गरेका पाण्डेयले मतदाताहरुको घरघरमै पुगेर उनिहरुसंग संवाद गर्दै स्थानीयका समस्या र सुझावहरु सुने ।

त्यसक्रममा उनले आँफु जनताकै समस्या, आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न राजनीतिमा आएको भन्दै जनअपेक्षालाई सधै प्राथमिकतामा राखेर काम गर्ने वाचा गरे । क्षेत्रको विकाससंगै परिवर्तनको संवाहक आँफु बन्ने भन्दै उनले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा रोजगारीका विषयमा आफ्ना धारणाहरुलाई मतदातालाई सुनाए।

आँफु यहि माटोमा जन्मिएर हुर्किएको व्याक्ति भएकाले क्षेत्रका जनताको समस्याहरुका बारे जानकार रहेको बताउँदै उनले जनताले विश्वास दिएर जिताए जनताका सामु खरो रुपमा उत्रिने प्रतिबद्धता पनि जनाए ।

पाण्डेयको चुनावी घरदैलो कार्यक्रममा एमाले केन्द्रिय सदस्य प्रभु हजारा, एमाले नेताहरु शीव पटेल, तेजप्रकाश निषाद, अकलेश साह लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

पर्सा २ मा चौरसियाको पक्षमा माहोल बन्दै , एकजुट भएर लाग्ने गठबन्धनको प्रतिबद्धता

MadhesKhabar

नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा अनेरास्ववियूको प्रदर्शन, १६ जना पक्राउ

MadhesKhabar

पर्साको धोविनी–४ मा कांग्रेस रमेश रिजालको जोशीलो नाराः ‘कांग्रेसके जिताके बनाई युवाके सरकार’

MadhesKhabar

Leave a Comment