
काठमाडौं, १७ जेष्ठ : नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि प्रदर्शन गरेको छ ।
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले १६ जना विद्यार्थी नेतालाई पक्राउ गरेको नेता कमलराज जोशीले बताए ।
जिल्ला प्रहरी परिसर, टेकुका प्रहरी उपरीक्षक सिताराम रिजालले चाहिँ ८ जनाभन्दा बढीलाई नियन्त्रणमा लिइएको बताए।उनले भने, ‘निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले नियन्त्रणमा लिइएको हो’, ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधयेक हालका राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणिकरण गरेका थिए । साभार : अनलाइनखबर

