Madhes Khabar
राजनीति

खानेपानी मन्त्री यादवले भने : ढुक्क हुनुस् मधेस सहित समग्र देशको विकास अब जसपाले नै गर्छ

वीरगन्ज,१३ माघ :जनता समाजवादी पार्टी (जसपा)का उप–महासचिव एंव संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले बिचार र मुद्दा मिल्ने दल वा शक्तिहरुसँग जसपाले सहकार्य वा एकीकरण गर्न सक्ने बताएका छन् ।

वीरगन्जमा दुई दिनदेखि चलिरहेको जसपाको केन्द्रीय कार्यसमितिको बैठकलाई आइतबार सम्बोधन गर्दै मन्त्री यादवले भने,“हामी देश र पिछडिएका जनताको पक्षमा वकालत गर्न सहित देश विकासका लागि राजनितीमा होमिएका छौँ । बिचार, मुद्दा मिल्ने समूह, दल, शक्तिहरुसँग सहकार्य तथा एकीकरण गर्न सक्छौँ ।”

मन्त्री यादवले आम नागरिकलाई सर्वोपरि ठानेर मधेसका मुद्दा र देशभरीका नागरिकका समस्या समाधानका लागि जसपाले उल्लेख्य भुमिका निर्वाह गरीरहेको बताए। उनले भने, “हाम्रा लागि जनता सर्वोपरी हुन् । जनताको विकास र जिवनस्तर उकास्न हामी कहिले पछि पर्ने छैनौँ ।”

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपा पनि सहभागि भएपछि लोकप्रिय, जनमुखी र परिणामदायी काम भइरहेको मन्त्री यादवले दाबी गरे।उनले भने, “हामी सरकारमा सहभागि भएपछि नागरिकका खानेपानीका थुप्रै समस्या समाधान गरेका छौँ, कतिपय काम अझै गर्न बाँकी छ । देशभरीका खानेपानीका समस्या समाधान गरेर छाड्ने छौँ ।”

जनताको हक हितका लागि जसपा पार्टी जन्मिएको भन्दै उनले मधेस सहित समग्र देश विकास अब जसपाले नै गर्ने दाबीपनि गरे ।
फरक प्रसंगमा मन्त्री यादवले खानेपानीको लागि पर्याप्त बजेट नहुँदा देशभरीमा आम उपभोक्तालाई सहज रुपमा शुद्ध खानेपानी पु¥याउन समस्या भएकाले आगामी आर्थिक वर्षको बजेटमा सतप्रतिशत नागरिकको घरघरमा शुद्ध अनी सफा खानेपानी पुग्ने गरी बजेट विनियोजन गराउने बताए ।

उनले भने, “मैले मन्त्रालय सम्हालेदेखि देशका दुर्गम क्षेत्रमा खानेपानीका समस्याका विषयमा स्थलगत निरीक्षण गरेको छु । पानीको निकै समस्या रहेको पाएको छु । वर्तमान सरकार अगामी बजेटमा हिमाल, पहाड र तराईका नागरिकमा खानेपानीको पहुँच पुग्नेगरी बजेटको व्यवस्थापन गर्ने छ ।”

काठमाडौँ उपत्यकामा बाह्रै महिना पानी खुवाउनका लागि सबै प्रक्रिया भइसकेकाले अब आउँदो वर्षातको समयमा मेलम्चीको पानी बन्द नगरिने समेत जानकारी उनले गराए । आफु मन्त्री भएपछि देश भरीका खानेपानीका रोकिएका आयोजनाहरु पुनः सञ्चालनका लागि काम भइरहेका र नयाँ आयोजनाहरु निर्माणका लागि टेण्डर आह्वान गरिने कार्य समेत भइरहेको जिकिर उनले गरे ।

सुर्खेत, लुम्बीनी लगायतका क्षेत्रमा खानेपानीका ठूला आयोजनाहरु आफ्नै कार्यकालमा सुरु भएकाले धरानको खानेपानी समस्या समाधानका लागि पनि आफुले पहल गरिरहेको भन्दै उनले ६ अर्ब रकमको टेण्डर यो वर्ष भित्र आह्वान गराउने बताए ।उनले भने,“धरानवासीका खानेपानीका समस्यामा सरकार अनि खानेपानी मन्त्रालय गम्भीर छ । एडिबीको ऋण लगानीमा त्यहाँको खानेपानीको समस्या समाधान गर्नका लागि यो वर्ष रु छ अर्बको टेण्डर खोल्दैछौँ, ढुक्क हुनुस् धरानको खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान हुन्छ ।”

Related posts

वीरगन्जमा कांग्रंसद्वरा आयोजित विचार गोष्ठीमा वक्ताहरुले गरे बिपी कोइरालाको चर्चा

MadhesKhabar

वीरगन्ज महानगरका मेयर र उपमेयरले जनताको बिचमा खाए सपथ

MadhesKhabar

पूर्वडीआइजी रमेश खरेलले छाडे रास्वपा

MadhesKhabar

Leave a Comment