Madhes Khabar
राजनीति

वीरगन्जमा कांग्रंसद्वरा आयोजित विचार गोष्ठीमा वक्ताहरुले गरे बिपी कोइरालाको चर्चा

वीरगन्ज,२४भदौंः नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. विश्वेसरप्रसाद (बिपी) कोइरालाको १११ औँ जन्म जयन्ती नेपाली कांग्रेस पर्सालेपनि विचार गोष्ठी कार्यक्रम गरेर मनाएको छ ।

वीरगन्जस्थित पार्टी कार्यालयमा सोमबार आयोजित बिपी विचार गोष्ठी कार्यक्रममा सहभागी वक्ताहरुले बिपी कोइरालाको जीवनी, राजनीतिक संघर्ष र योगदाान तथा साहित्यिक कृतिहरु बारे चर्चा गरे । कार्यक्रममा राजनीतिक विश्लेषक एंव बरिष्ठ पत्रकार चन्द्रकिशोरले बिपीको राजनीतिक विचारधाराले नेपालमा प्रजातन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै, उनको साहित्यिक योगदानलाई पनि स्मरण गराए। बिपीलाई सृजनशील नेता र समाज सुधारकको रूपमा सम्मान गरिनुपर्नेमा उनले जोड दिए।
कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले जननायक बिपी कोइरालाले देखेका सपना पूरा गर्न देशभरका कांग्रेस नेता कार्यकर्ता एकजुट भई नेपाली कांग्रेसलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए ।उनले बिपीले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेर अगाडी बढेको उनको योगदान वर्तमान अवस्थमापनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेको बताए ।

कुर्मीकै अध्यक्षतामा भएको काार्यक्रममा मधेसका पूर्वमन्त्री ओमप्रकाश शर्मा,कांग्रेस पर्साका सचिव तथा पटेर्वासुगौली गाँउपालिकाका अध्यक्ष दिनेश चौधरी,कांग्रेस पर्साका सचिव तथा वीरगन्ज उपमहानगरपालिकाका उपमेयर इम्तियाज आलम, कोषाध्यक्ष प्रेम थापा, सहसचिव नवीन सिंह र मदन यादव,पूर्वउपमेयर शान्ति कार्की, नेपाल किसान संघ पर्साका अध्यक्ष राजेश तिवारी, नेपाल महिला संघ पर्साकी अध्यक्ष किरण शर्मा, नेपाल तरुण दल पर्साका अध्यक्ष विकास तिवारी,नेविसंघ पर्साका सभापति रमेश यादव लगायतको सहभागिता रहेको थियो ।

Related posts

वीरगन्ज आएर विप्लवले भने : नेपालमा अन्तिम विद्राेह आवश्यक छ, त्यसमा मधेसकाेपनि साथ चाहिन्छ

MadhesKhabar

मतदान गरेपछ पुर्वमन्त्री यादवले भने : मधेसका जनता पहिचान र अधिकारका लागि लड्नेकाे पक्षमा छन्

MadhesKhabar

पर्सा–२ मा पूर्वसांसद अमरेस सिंहको आगमन हुदाँ कांग्रेस–कम्युनिष्टका ५०० बढी युवा रास्वपमा प्रवेश

MadhesKhabar

Leave a Comment