Madhes Khabar
राजनीति

ओलीलाई प्रधानमन्त्रीमा अघि सार्दै चुनावमा जाने एमालेको निर्णय

मधेसखबर
वीरगन्ज, ११ भदौ : नेकपा एमाले , पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर आगामी चुनावमा जाने भएको छ ।

आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि शुक्रबार र शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो ।

‘समूह छलफलबाट आएको सुझावअनुसार बैठकबाट यो घोषणा गरिएको हो’ शनिबारको बैठकपछि एमाले नेता किरण गुरुङले भने ।पार्टी कार्यालय च्यासलमा दुई दिनसम्म चलेको बैठकले उम्मेदवार छनोटको मापदण्ड पनि तय गरेको छ ।

 

ओली पहिलो पटक २४ असोज २०७२ मा प्रधानमन्त्री भएका थिए । आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन नगरेको भन्दै सत्ता साझेदार माओवादीले समर्थन फिर्ता लिएपछि उनी ९ महिनामा पदमुक्त भए ।

 

दोस्रो पटक ३ फागुन २०७४ मा पनि माओवादी केन्द्रकै समर्थनमा प्रधानमन्त्री भए । २०७४ को चुनावमा माओवादी केन्द्रसँग वाम गठबन्धन गरेको एमालेले भावी प्रधानमन्त्रीका रुपमा कसैलाई अघि सारेको थिएन । तर गठबन्धनले बहुमत पाएपछि ओली प्रधानमन्त्री बने ।

 

एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि ओलीलाई थप सहज भयो । तर दुई पटक संसद विघटन गरेपछि ओली २८ असार २०७८ को सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका थिए ।

 

Related posts

स्वतन्त्र उम्मेद्वार सिंह मतदाताको घरदैलोमा

MadhesKhabar

सञ्जिला यादवलाई मधेस प्रदेशकाे सांसद बनाउने जसपाकाे निर्णय

MadhesKhabar

वीरगन्ज महानगर २३ मा पुन एमालेका कुशवाहा निर्वाचित

MadhesKhabar

Leave a Comment