Madhes Khabar
राजनीति

रविलाई प्रधानमन्त्री अफर गरेको छैन, गृहमन्त्रीकाे दाबी बलियो बनाउन अफवाह फैलाए: कांग्रेस

रवि लामिछाने ।फाइल तस्बिर

काठमाडौं,२२फाल्गुन:नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव नगरिएको बताएको छ।

बूढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा सोमबार साँझ सकिएको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै कांग्रेसका नेताहरूले लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव नगरिएको बताए।

रास्वपा नयाँ गठबन्धनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सामेल छ र उसले उपसभापति डिपी अर्याललाई सोमबार मन्त्रीसमेत बनाइसकेको छ। तर गठबन्धन दलहरूभित्र कसले कुन मन्त्रालय लिने भन्ने भागबन्डा मिल्नै बाँकी छ।

रास्वपाले गृह मन्त्रालयसहित चार वटा मन्त्रालयमा दाबी गरिरहेको छ। गृहमा माओवादी केन्द्रले पनि दाबी नछाड्दा कुरा मिल्न सकेको छैन।

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि गृहमन्त्रीका लागि आकांक्षी छन्।

गृहमन्त्री पाए रास्वपा सभापति लामिछाने आफैँ सरकारमा सहभागी हुने सम्भावना छ।साभार:सेताेपाटीबाट

Related posts

बारा २ मा उपेन्द्रलाई जिताउन गठबन्धनको चुनावी सभा हुँदै , शीर्ष नेताहरुले सम्बाेधन गर्ने

MadhesKhabar

म कानुनमन्त्री भएकै बेला आमाको नामबाट नागरिकता दिने कानुन पास भएको हो : पूर्वमन्त्री चैरसिया

MadhesKhabar

महमुद अन्सारी सहित माओवादी र एमालेका नेताहरु जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment