Madhes Khabar
राजनीति

सत्ताको लोभमा उपेन्द्र यादवले मधेसलाइ कमजोर बनाए : लोसपा नेता सोनल

मधेसखबर
वीरगन्ज,१३ असार :लेकतान्त्रिक समाजवाादी पार्टी (लोसपा)) का मधेश अध्यक्ष जितेन्द्र सोनलले काँग्रेस र कम्युनिष्टसंग मिलेर जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेसलाइ कमजोर बनाएको आरोप लगाएका छन् ।

सोमबार जनकपुरमा बसेको लोसपाको मधेस प्रदेश समितिको बैठकमा बोल्दै सोनलले मधेस आन्दोलन माथि दमन गरेका कांग्रेस र एमालेसंग उपेन्द्र यादवको पार्टीले सत्ताका लागि पटक पटक सहकार्य गरेर मधेसलाई कमजोर बनाउने काम गरेकोे बताए ।

मधेस सरकारका पुर्व मन्त्री समेत रहेका सोनलले भने ,‘ मधेसलाई कमजोर गर्ने को हो ? भन्ने कुरा मधेसी जनतलाई बुझाउन जरुरी छ । मधेस आन्दोलनको मुद्दा माथी कुठाराघात गरेर पटक पटक धोका दिएकाहरु बारे जनतालाई बुझाउदै लोकतन्त्र र मधेसवादका लागि सक्रिय रहन नेता कार्यकर्तालाइ उनले आग्रह पनि गरे ।

उनले आगामी संघ र प्रदेशको निर्वाचनका लागि केन्द्रित रहन मधेसका नेता कार्यकर्तालाइ निर्देशन पनि दिए ।
बैठकमा प्रदेश सांसद परमेश्वर साह, अभिराम शर्मा, रानी शर्मा तिवारी, जानकी शरण साह, जयनुल राइन , प्रदेश सचिव बिनोद चौधरी लगायतको सहभागीता रहेको थियो ।

Related posts

लाेसपा अध्यक्ष महन्थ ठाकुर, बारा ४ बाट सिफारिस

MadhesKhabar

तरुण दलको केन्द्रिय सदस्यमा पर्साबाट पाँच र बाराबाट आठ जना मनोनित

MadhesKhabar

अमेरिकी रिपोर्ट सार्वजनिक : रवि–बालेन एकता ‘स्वार्थ प्रेरित’, भविष्यमा दरार आउन सक्ने

MadhesKhabar

Leave a Comment