Madhes Khabar
राजनीति हेडलाइन

लाेसपा अध्यक्ष महन्थ ठाकुर, बारा ४ बाट सिफारिस

फाइल फाेटाे

मधेसखबर
वीरगन्ज ,२० भदौं : लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरकाे नाम बाराकाे निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फ सांसदमा सिफारिस भएकाे छ ।

साेमबार बसेकाे लाेसपाकाे क्षेत्रीय समितिकाे बैठकले संघीय सांसदमा प्रत्यक्ष तर्फ ठाकुरकाे नाम सिफारिस गरेको हाे ।

ठाकुर, यसअघि २०७४ काे निर्वाचनमा महोत्तरी जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर ४ बाट संघीय सांसदमा निर्वाचित भएका थिए ।

बाराकाे निर्वाचन क्षेत्र नम्बर ४ बाटै संघीय सांसदमा प्रत्यक्ष तर्फ ठाकुरसंगै निवर्तमान सांसद एकबाल मियाँ , क्षेत्रीय सभापति सिताराम गुप्ता र शीवजी साेनीकाे नाम पनि सिफारिस भएकाे लाेसपाका युवा नेता रमेश सर्राफले जानकारी दिए ।

Related posts

वीरगन्जकाे अवस्था सामान्य बनेपछि हटाइयाे निषेधाज्ञा

MadhesKhabar

सखुवा प्रसौनी गाउँपालिकामा “दलित सशक्तीकरण ऐन” बनाउन दलित अगुवाहरुको माग

MadhesKhabar

वीरगन्जका नाम चलेकै होटल र ब्रियानी हाउसका किचेन फोहोर र अव्यस्थित

MadhesKhabar

Leave a Comment