Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जकाे अवस्था सामान्य बनेपछि हटाइयाे निषेधाज्ञा

वीरगन्ज,०४बैशाख:वीरगन्जमा स्थानीय प्रशासनले गत आइतबार राति १२ बजेदेखि लगाएको अनिश्चितकालीन निषेधाज्ञा हटाउने भएको छ।बिहीबार साँझ बसेकाे जिल्ला सुरक्षा समितिकाे बैठकले वीरगन्जमा आइतबारदेखि लगाइएको निषेधाज्ञा शुक्रबार बिहान ७ बजेदेखि हटाउने निर्णय गरेकाे हाे।

गत शनिबारमा दिउँसो हनुमान जन्माेत्सवका अवसरमा निकालिएको शाेभायात्रामा दुई फरक धार्मिक समुदायबीच विवाद र झडप भई स्थिति तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले वीरगन्जमा शनिबार बेलुकीदेखि कर्फु लगाएकाे थियाे।त्यसपछि आइतबार राति १२बजेदेखि कर्फु हटाएर अनिश्चितकालीन निषेधाज्ञा लगाएकाे थियाे।

 

शनिबारदेखि तनावपूर्ण बनेकाे वीरगन्जको अवस्था सामान्य हुँदै गएकाले भाेलि (शुक्रबार )बिहान ७ बजेदेखि लागू हुने गरि निषेधाज्ञा हटाउने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।त्यसअघि बिहीबार दिउँसो प्रजिअ अर्यालयसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दलका नेताहरुसंग वीरगन्जको पछिल्लो अवस्थाका बारेमा छलफल गरेका थिए।

पछिल्लो समय वीरगन्जको अवस्था सामान्य बन्दै गएकाे तथा सर्वसाधारण नागरिककाे जिवनयापनलाई मध्यनजर गरेर सहज शुक्रबार बिहान ७ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रजिअ अर्यालले बताए ।

 

शनिबार भएकोको घटनामा स्थिति नियन्त्रणमा लिने प्रयासमा प्रहरीले १४५ राउण्ड अश्रु ग्यास र दुई राउण्ड हवाइ फायर गरेको थियाे।उक्त घटनामा प्रहरीतर्फ नेपाल प्रहरीका प्रहरी उपरीक्षक,सशस्त्र प्रहरी नायब उपरीक्षकसहित २५ जना र प्रदर्शनकारीतर्फ १५ जना बढी घाइते भएका थिए ।

शनिबार हनुमान जन्मोत्सवको अवसरमा वीरगन्जमा निकालिएको शोभायात्रा नगरपरिक्रममा गर्ने क्रममा छपकैया पुगेपछि ढुंगामुढा भएपछि दुई समुहबीच झडप सुरु भएको थियो । त्यसक्रममा छपकैयाका दुुई वटा बिरियानी हाउस, केहि मासु पसल, एउटा औषधि पसलका साथै निजी घरमा तोडफोड गरिएकाे थियो । ८ भन्दा बढी मोटरसाइकलमा आगजनीपनि गरिएको थियो ।

Related posts

सरकारले बजेट निकासा नगर्दा वीरगन्ज कृषि औजार कारखाना सञ्चालन प्रक्रिया फेरि अन्यौलमा

MadhesKhabar

पर्सामा अतिक्रमणमा परेको वनको जग्गा फिर्ता गरेर वृक्षारोपण

MadhesKhabar

वीरगन्जका नीजी विधालयको शुल्क निर्धारणका लागि महानगरद्धारा काम शुरु

MadhesKhabar

Leave a Comment