Madhes Khabar
स्थानिय

पर्सामा ११ वर्षीया बालिकालाई जंगलमा लगेर बलात्कार गर्ने ४६ वर्षीय पुरुष पक्राउ

सांकेतिक फाेटाे

वीरगन्ज,२३ साउन : पर्सामा एक बालिकालाई १० रुपैयाँको नोट दिएर ललाई फकाई जंगलमा लगेर बलात्कार गरेका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ सुन्दरवस्तीका ४६ वर्षीय अशोक साह रहेका छन् ।

प्रहरी अनुसार, गत बुधबार बिहान १० बजेतिर बाख्रा चराउन गएका बेला ११ वर्षीया बालिकालाई साहले १० रुपैयाँको नोट दिएर ललाई फकाई नजिकैको जंगलमा लगेर बलात्कार गरेका थिए । घटनबारे थाहा पाएपछि पिडित बालिकाका अभिभावकले साहविरुद्ध प्रहरी कार्यालयमा त्यहि दिन किटानी जाहेरी दिएका थिए ।

जाहेरीका आधारमा प्रहरीले साहलाई बिहीबार नै अपरान्ह ३ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा राखिएको र उनिविरुद्ध जबरजस्ति करणी सम्बन्धि मुद्धा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए ।

Related posts

वर्षामा वीरगन्ज शहरलाई डुबाउनबाट जोगाउन रातका समयमा पनि नाला सफाई

MadhesKhabar

वीरगन्ज महानगरको कार्यपालिका सदस्यको निर्वाचन जेठ २० गते

MadhesKhabar

दूरदराजका वस्तीसम्म सेवा उपलब्ध गराउन औषधी व्यवसायीलाई उपराष्ट्रपति यादवको आग्रह

MadhesKhabar

Leave a Comment