Madhes Khabar
स्थानिय हेडलाइन

व्यपारीलाई अनाहकमा दुख दिने प्रहरी प्रशासनलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने

वीरगन्ज,२९चैतः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजश्व चुहावट पूर्ण रुपमा नियन्त्रण गरी मुलुकको राजश्व संकलनमा वृद्धि गर्नका लागि अहिलेको सरकार लागि परेको बताएका छन् ।

वीरगन्जमा बिहीबार गृहमन्त्रालय र अर्थमन्त्रालयद्वारा आयोजित राजश्व अभिवृद्धि तथा चुहावट निन्त्रण सम्बन्धि गोष्ठीमा बोल्दै उपप्रधानमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।राजश्व चुहावट पूर्ण रुपमा नियन्त्रणका लागि राजश्व संकलनमा देखिएका चुनौतीहरुको सामना गर्न सरकार तयार रहेकोपनि उनले बताए । ।राजश्व चुहावट पूर्ण रुपमा नियन्त्रणका लागि सरकारसंगै प्रहरी प्रशासन र नीजि क्षेत्रकोपनि उत्तिक्कै भूमीका रहेको उनले बताए ।

पछिल्लो समय मुलुकको उद्योग व्यवसायको क्षेत्रपनि अति राजनीतिको सिकार भएको भन्दै उनले राज्यलाई कर तिरेर व्यपार व्यवसाय गर्छु भन्नेहरुसमेत त्रसीत बनेर बस्न परिरहेको बताए । उनले भने,‘ यसका अतिरिक्त उद्योगी व्यपारी चर्को ब्याजले अप्ठयोरमा छन् ।कर तिर्ने प्रणालीपनि झण्झटीलो छ ।यी सब कारणले उद्योगी व्यपारीहरु पेशाबाटै पलायन हुने अवस्थामापनि पुगेका छन् ।’

यीनै चुनौती र समस्या समाधानका लागि अब त कसै न कसैले हिम्मत गर्नै पर्छ भन्ने उदेश्यले पछिल्लो सत्ता समिकरण र सरकार गठन भएको लामिछानेले बताए । उनले भने,‘ ती सबै समस्या समाधान गर्न सकन्छि भनेर नै नयाँ सत्ता समिकरण र सरकार बनेको हो । र यो सरकारले ती सब काम गर्छपनि ।’

राजश्य चुहावट रोकेर राजश्व संकलन वृद्धिका लागि यदि राज्यको नीति र कानून अव्यवहारिक वा गलत छन् भने त्यसलाई संशोधन गरेर सरकार अगाडि बढ्ने उपप्रधानमन्त्री लामिछानेले बताए ।यसका साथै सुरक्षा निकायलेपनि वैध व्यपार व्यवसाय गर्नेहरुका लागि सहज वातावरण बनाउनु पर्ने उनले बताए ।

गृहमन्त्री लामिछानेले भने,‘ गृह प्रशासन के कुरामा स्पष्ट छ भने गलत कृयाकलाप नगरीकन राज्यलाई कर तिरेर वैध व्यपार व्यवसाय गरिरहेका हरेक व्यपारी व्ययसायीको पक्षमा प्रहरी प्रशासन छ । जसले कर छलिरहेको छैन ।वैध व्यपार गरिरहेको छ।तस्करी गरिरहेको छैन । राज्यलाई तिर्नुपर्ने कर तिरिरहेको छ ।त्यस्ता व्यपारी व्यवसायीहरु कसैबाटपनि डराउनु पर्ने अवस्था अब रहदैन। उनिहरुलाई संरक्षण गर्न प्रहरी प्रशासन तयार छ ।’

वैध व्यपार व्यवसाय गरिरहेका उद्योगी वा व्यपारीलाई दुख दिने काम यदि प्रहरी प्रशासनबाट भएको कहि कतैपनि पाइयो भने उसलाई गृह मन्त्रालयले कारबाही गर्ने चेतावनीपनि गृहमन्त्री लामिछानेले दिए ।

राजश्व संकलनमा देखिएका चुनौतीहरु सामना गर्न नीतिगत रुपमा सरकारले चाल्नु पर्ने कदमबारे सरकार अहिले छलफलमा रहेको भन्दै उनले,‘ यदि कानून नै संशोधन गर्नुपर्छ भनेपनि सरकार कानून संशोधन गरेर अगाडि बढ्छ।’गृहमन्त्री लामिछानेले मुलुकमा विधीको शासन लागु गर्नु अहिलेको सरकारको मुख्य ध्येय रहेको बताउँदै त्यसमा सरकार लागि परेको दाबीपनि गरे ।

गोष्ठीमा गृह मन्त्रालयका सचिव नारायण प्रसाद भट्टराई , अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त कुवँर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थी, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, बाराका प्रमुख जिल्ला अधिकारी शशीधर अधिकारी , पर्सा र बाराका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, दुवै जिल्लाका उद्योगी व्यवसायी लगायतकोपनि सहभागीता थियो ।

Related posts

पर्साको पटेर्वासुगौलीमा मधेस प्रदेशकै पहिलो ‘थारु संग्राहलय’ बन्दै

MadhesKhabar

बारामा १५ लाख मुल्य बराबरकाे माेबाइलसहित एक तस्कर पक्राउ

MadhesKhabar

पर्सामा रहेकाे सबैया साझेदारी वन अतिक्रमणमा

MadhesKhabar

Leave a Comment