Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जका नाम चलेकै होटल र ब्रियानी हाउसका किचेन फोहोर र अव्यस्थित

वीरगन्ज,२८बैशाखः वीरगन्ज महानगरपालिकाको बजार अनुगमन समितिले वीरगन्जमा रहेका होटल र रेष्टुरेन्टहहरुमा अनुगमनलाई निरन्तरता दिएको छ । वीरगन्जका नाम चलेका होटल र रेष्टुरेन्टहरुमा गुणस्तरहीन खानेकुराहरु बिक्रिवितरण हुदै आएको जनगुनासोपछि बजार अनुगमन समितिले बिहीबारदेखि फेरि अनुगमनलाई निरन्तरता दिएको छ ।

यसैक्रममा शुक्रबारपनि अनुगनमन समितिले होटल मकालु डिलाइट गो का साथै ब्रियानी हाउसहरुमा अनुगमन गरेको छ । त्यसक्रममा होटल मकालुको फ्रिजमा शाकाहारी र मांसाहारी खानेकुरा एकै ठाँउमा राखिएको र म्याज गुज्रिएको बियरपनि फेला परेको अनुगमन टोलीमा सहभागी वीरगन्ज महानगरका कार्यपालिका सदस्य कन्हैया ठाकुरले जानकारी दिए । साथै होटल मकालुले वीरुगन्ज महानगरपालिकाबाट व्यवसाय दर्ता इजाजतपत्रपनि नलिएको भेटिएको उनले बताए ।

यस्तै डिलाइट गो रेष्टुरेन्टमा गरिएको अनुगमनका क्रममा भान्छाको फ्रिजमा मासुजन्य खाद्य सामाग्री ¥याप नगरी राखिएको अवस्थामा भेटिएको तथा उसलेपनि महानगरपालिकाबाट व्यवसाय दर्ता इजाजत पत्र नलिएको पाइएको ठाकुरले बताए ।

यस्तै शुक्रबार अनुगमन गरिएका होटल जाइका ब्रियानी र होटल सम्मा ब्रियानीमा मासु काट्ने , पकाउने लगायतका स्थान निक्कै फोहोर र अव्यस्थित अवस्थामा भेटिएको उनले बताए ।त्रूटी भेटिएका होटल र ब्रियानी हाउसहरुलाई एकपटकका लागि सचेत गराइएको भन्दै ठाकुरले अब उप्रान्त कुनै त्रूटी भेटिए कानुन अनुसार कारबाहीको दायरामा ल्याउने चेतावनीसमेत दिइएको उनले बताए ।

यसअघि बिहीबार बजार अनुगमन समितिको टोलीले केएफसी रेष्टुराँ र क्लार्क रिसोर्टमा पुगेर अनुगनमन गरेको थियो ।

 

Related posts

पर्साका १० वटा पालिकामा छैन ‘सुरक्षित गर्भपतन सेवा दिने स्वास्थ्य संस्था’

MadhesKhabar

मधेस सरकारले केन्द्र सरकारकाे भन्दा बढाएर ताेक्याे धानकाे समर्थन मूल्य

MadhesKhabar

वीरगन्जसंग गद्धारी गर्नेहरुसंग सचेत रहन काँग्रेस उम्मेदवार कुर्मीको आग्रह

MadhesKhabar

Leave a Comment