Madhes Khabar
राजनीति

तीनकुने घटना बारे छानबिन गर्न वीरगन्जका देवेन्द्रलाल नेपालीकाे संयाेजकत्वमा आयोग गठन

काठमाडौं,२७चैत:राजावादी आन्दोलनका क्रममा तीनकुनेमा भएको उपद्रवबारे छानबिन गर्न नागरिक स्तरमा छानविन आयोग गठन गरिएको छ ।वीरगन्ज निवासी वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीको संयोजकत्वमा आयोग गठन गरिएको हो ।

चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईंको नागरिक बचाउ महाअभियानका नाममा जनप्रदर्शन तथा सभाको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्रदर्शनकारीले अराजकता मच्चाएको आरोप सरकारले लगाएको छ भने प्रहरीले नै सभामा टियरग्यास हानेर हिंसा भड्काएको दावी आन्दोलनकारीले गरेका छन् ।

उक्त घटनाका विषयमा उच्चस्तरीय छानविन आयोग गठनको माग उठिरहेको भएपनि सरकारले चासो दिएको छैन । राष्ट्रिय मानवअधिकार आयोगले समेत यो विषयमा उदासिनता देखाएपछि नागरिकस्तरमा आयोग गठन गरिएको हो ।

आयोगका संयोजक नेपाली नेपाल विद्यार्थी संघका संस्थापक संयोजक र २०२६ सालमा त्रिभुवन विश्वविद्यालय विद्यार्थी युनियनका अध्यक्ष थिए । उनी नेविसंघको संस्थापक संयोजक रहँदा तत्कालीन कांग्रेस नेता शेरबहादुर देउवा, पूर्व सभामुख दमननाथ ढुंगाना, कांग्रेस नेता विपिन कोइराला र अर्जुननरसिंह केसीपनि संगठनभित्र थिए ।

नागरिक समाजका विशिष्ट व्यक्ति तथा संघसंस्थाहरुको सामूहिक प्रस्तावमा गठन गरिएको नागरिक छानबिन आयोगका सदस्यहरुमा सुरक्षा क्षेत्रबाट पूर्वएआईजी रविराज थापा, चिकित्सा क्षेत्रबाट डा. रामप्रसाद उप्रेती, मानवअधिकारको क्षेत्रबाट डा. ज्ञान बस्नेत र अधिवक्ता हरि कट्टेल रहेका छन् ।

उक्त आयोग गठनका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङ्ग, राष्ट्रिय शक्ति नेपालका संयोजक केशरबहादुर बिष्ट, पर्यटन व्यवसायी समाजसेवी भरत बस्नेत, किशोरी महतो, प्रा.डा. रत्नकमल वैद्य, रमा सिंह, अस्मिता भण्डारी, पूर्वप्रशासक हरिबहादुर बस्नेतलगायत ३९ संघसंस्था तथा प्रबुद्ध व्यक्तिहरुका तर्फबाट प्रस्ताव गरिएकोमा काठमाडौंमा बुधबार सम्पन्न एक भेलाले पारित गरेको हो ।साभार:नेपालप्रेस

Related posts

अजय चौरसियाको समर्थनमा वीरगन्जका उद्योगी व्यवसायीहरु पनि

MadhesKhabar

नेपाल शिक्षक संघ बाराको अध्यक्षमा सहनी निर्वाचित

MadhesKhabar

नागरिकता विधेयक राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नुपर्छ : उपेन्द्र यादव

MadhesKhabar

Leave a Comment