Madhes Khabar
राजनीति

अजय चौरसियाको समर्थनमा वीरगन्जका उद्योगी व्यवसायीहरु पनि

चुनावी घरदैलो गर्दे काँग्रेस उम्मेदवार अजय चौरसिया र उनका नेता कार्यकर्ताहरु : फाइल फोटो

मधेसखबर
वीरगन्ज,२० कार्तिक : वीरगन्जका उद्योगी व्यपारीहरुले पनि पर्सा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार अजय चौरसियालाई समर्थन गर्ने जनाएका छन् ।

वीरगन्जमा मारवाडी युवा मन्च वीरगन्जले आयोजना गरेको परिचयात्मक कार्यक्रममा सहभागी यहाका उद्योगी व्यपारीले चौरसियालाई समर्थन गर्ने प्रतिबद्धता जनाएका हुन् ।कार्यक्रममा सहभागी उद्योगी व्यपारीले अजय चौरसियाको परिचय चिन्हाउनु जरुरी नरहेको उनले गरेका काम नै काफी रहेको बताए । पदमा रहदा वा नरहदा पनि यहाका उद्योग व्यवसाय क्षेत्रको समस्या सामधानका लागि चौरसियाले पहलकदमी गर्दै आएको बताउदै उद्योगी व्यवपारीले यस्ता जनप्रिय नेतालाई फेरि अवसर दिनु पर्नेमा जोड दिए । उनिहरुले विगतमा उद्योगी व्यवसायीलाई कुनै पनि समस्या पर्दा चौरसिया तत्कालै पुग्ने गरेको पनि बताए ।

कार्यक्रममा बोल्दै सत्तागठबन्धनका साझा उम्मेदवार समेत रहेका चौरसियाले वीरगन्जका उद्योगी व्यपारीका हरेक समस्यामा आफु विगतमा पनि साथमा रहेको र आगामी दिनमा पनि साथमा रहने वाचा गरे ।

उनले यहाका उद्योग व्यपारलाई माथि उकास्नुका साथै वीरगन्जलाई हराभरा र सफासुग्घर शहर बनाउनका लागि आफुले काम गर्ने प्रतिबद्धता पनि जनाए । अहिलेका राष्ट्र बैंकका गर्भनर एमालेका कारिन्दा भएको भन्दै चौरसियाले गर्भनरकै गलत नीति र नियतका कारण मुलुकमा आर्थिक मन्दी भएको र त्यसको सबै भन्दा ठूलो मारमा उद्योगी व्यपारी परेको बताए ।

त्यसैले आगामी निर्वाचनबाट काँग्रेस नेतृत्वको गठबन्धनको सरकार बने लगत्तै अहिलेका गर्भनरलाई हटाउनका लागि आफुले पहलकदमी लिने चौरसियाले बताए । चौरसियाले भने ,‘ चुनाव जितेपछि यहाका उद्योगी व्यपारी र नीजी क्षेत्रका हरेक समस्या र मुद्धा म संसदमा उठाछु , सम्बोेधनका लागि दिलो ज्यानले लाग्छु ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य माहासंघ मधेस प्रदेश र वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी , सदस्य , प्रदेश सरकारका पूर्वमन्त्री एंव वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओमप्रकाश शर्माका साथै उद्योगी , व्यपारीका साथै काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

Related posts

वीरगन्ज–१९ बिन्दवासिनीमा पुग्दा कांग्रेस उम्मेदवार अजय चौरसियालाई भव्य स्वागत

MadhesKhabar

पर्सा–२ मा पूर्वसांसद अमरेस सिंहको आगमन हुदाँ कांग्रेस–कम्युनिष्टका ५०० बढी युवा रास्वपमा प्रवेश

MadhesKhabar

सप्तरी–२ मा रास्वपाका रामजी यादव विजयी : सिके राउत भए तेस्रो

MadhesKhabar

Leave a Comment